विरोधसभाको मञ्चमै नारायणकाजीले किन देखाए असन्तुष्टि, यस्तो छ स्पस्टीकरण
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले संघर्ष समितिले बनाएको योजना जानकारी बिनै परिवर्तन गरेकाले शुक्रबार आयोजित विरोधसभामा आफूले मञ्चमै असन्तुष्टि जनाएको बताएका छन्।
पुष्पकमल दाहाल प्रचण्ड तथा मावधकुमार नेपाल समूहले शुक्रबार आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको विरोधसभाको संघर्ष समितिले बनाएको कार्यक्रम हेरफेर गरेकोमा असन्तुष्टि जनाएको उनले स्पस्टीकरण दिएका छन्।
शुक्रबार विरोधसभामा श्रेष्ठसँग पार्टी अध्यक्षद्वय प्रचण्ड र नेपालसँग भनाभन नै भएको थियो। मुखामुख भएपछि श्रेष्ठले कार्यक्रम समापनमा समेत बोल्न मानेका थिएनन्।
शनिबार सामाजिक सञ्जालमा स्पस्टीकरण लेख्दै उनले भनेका छन–
प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमका बिरुध्द हाम्रो पार्टीद्वारा हिजो राजधानीमा आयोजित विरोध प्रदर्शन तथा सभा विशाल जनसहभागितासहित भव्य रुपमा सफल भयो। छिट्टै अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गरिनेछ।
केपी ओलीजीसँगको सुरुदेखिको हाम्रो एउटा मुख्य मतभेद विधि र पध्दतिको पालनामा हो। अव हामीले पार्टी निर्माण र परिचालनमा प्रारम्भदेखि नै पध्दतिसम्मत ढङ्गले अघि बढ्न ध्यान दिनु पर्दछ। त्यसको निम्ति संघर्ष गर्नु पर्दछ। तबमात्र हामी आफ्नो प्रतिबध्दताप्रति इमान्दार हुन सक्दछौं र पार्टीलाई सही दिशामा अघि बढाउन सक्षम हुनेछौं। हाम्रो हिजोको कार्यक्रमको क्रममा मञ्चमा देखिएको विवाद यही विषयमा हो।
जुलुस परिक्रमा र सभा सुरु गर्ने सम्बन्धमा केन्द्रीय संघर्ष समितिले बनाएको पूर्व निर्धारित योजना संघर्ष समितिको जानाकारी बिना नै अकस्मात परिवर्तन गरियो। त्यसो गरिनु हुँदैन थियो। संस्थागत कार्य प्रणालीको बारेमा सबै नेतृत्वदायी कमरेडहरुको गम्भीर ध्यानाकर्षणका लागि त्यतिबेलानै जोडले कुरा उठाउनु जरुरी थियो। विधि पध्दतिको उपेक्षा र अवज्ञा हुन नपाओस् भन्नेमा हामीले सुरुदेखि सशक्त संघर्ष गर्नु पर्दछ। ख्याल गरौं, हाम्रो अबको एउटा मुख्य चुनौती हिजो हामीले कुरा उठाए अनुसार विधि पध्दति अनुसार पार्टी सञ्चालन गर्नु हो।
Comments
अरु समाचार
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...












