विरोधसभाको मञ्चमै नारायणकाजीले किन देखाए असन्तुष्टि, यस्तो छ स्पस्टीकरण
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले संघर्ष समितिले बनाएको योजना जानकारी बिनै परिवर्तन गरेकाले शुक्रबार आयोजित विरोधसभामा आफूले मञ्चमै असन्तुष्टि जनाएको बताएका छन्।
पुष्पकमल दाहाल प्रचण्ड तथा मावधकुमार नेपाल समूहले शुक्रबार आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको विरोधसभाको संघर्ष समितिले बनाएको कार्यक्रम हेरफेर गरेकोमा असन्तुष्टि जनाएको उनले स्पस्टीकरण दिएका छन्।
शुक्रबार विरोधसभामा श्रेष्ठसँग पार्टी अध्यक्षद्वय प्रचण्ड र नेपालसँग भनाभन नै भएको थियो। मुखामुख भएपछि श्रेष्ठले कार्यक्रम समापनमा समेत बोल्न मानेका थिएनन्।
शनिबार सामाजिक सञ्जालमा स्पस्टीकरण लेख्दै उनले भनेका छन–
प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमका बिरुध्द हाम्रो पार्टीद्वारा हिजो राजधानीमा आयोजित विरोध प्रदर्शन तथा सभा विशाल जनसहभागितासहित भव्य रुपमा सफल भयो। छिट्टै अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गरिनेछ।
केपी ओलीजीसँगको सुरुदेखिको हाम्रो एउटा मुख्य मतभेद विधि र पध्दतिको पालनामा हो। अव हामीले पार्टी निर्माण र परिचालनमा प्रारम्भदेखि नै पध्दतिसम्मत ढङ्गले अघि बढ्न ध्यान दिनु पर्दछ। त्यसको निम्ति संघर्ष गर्नु पर्दछ। तबमात्र हामी आफ्नो प्रतिबध्दताप्रति इमान्दार हुन सक्दछौं र पार्टीलाई सही दिशामा अघि बढाउन सक्षम हुनेछौं। हाम्रो हिजोको कार्यक्रमको क्रममा मञ्चमा देखिएको विवाद यही विषयमा हो।
जुलुस परिक्रमा र सभा सुरु गर्ने सम्बन्धमा केन्द्रीय संघर्ष समितिले बनाएको पूर्व निर्धारित योजना संघर्ष समितिको जानाकारी बिना नै अकस्मात परिवर्तन गरियो। त्यसो गरिनु हुँदैन थियो। संस्थागत कार्य प्रणालीको बारेमा सबै नेतृत्वदायी कमरेडहरुको गम्भीर ध्यानाकर्षणका लागि त्यतिबेलानै जोडले कुरा उठाउनु जरुरी थियो। विधि पध्दतिको उपेक्षा र अवज्ञा हुन नपाओस् भन्नेमा हामीले सुरुदेखि सशक्त संघर्ष गर्नु पर्दछ। ख्याल गरौं, हाम्रो अबको एउटा मुख्य चुनौती हिजो हामीले कुरा उठाए अनुसार विधि पध्दति अनुसार पार्टी सञ्चालन गर्नु हो।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












