समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प छैन : जगतबहादुर विश्वकर्मा
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्माले स्थिरता र समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताएका हुन्।
नेकपा जिल्ला कमिटीद्वारा नेकपाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको प्रशिक्षण भेलालाई शनिबार सम्बोधन गर्दै उनले निर्वाचनले लोकतन्त्र बलियो हुन्छ। उनले भने, ‘पार्टीको महाधिवेशनसम्म पर्खनु नसक्ने, पद, सत्ता लोभ र देशको प्रगति नचाहेकाले जनताको ६४ प्रतिशतन जनमत प्राप्त नेकपा नेतृत्वको प्रधानमन्त्रीलाई अविश्वासको मत ल्याएर पदबाट हटाउने प्रयास भएकाले संसद् विघटन गर्न बाध्य भएको हो।
उक्त अवस्था सिर्जना हुन लागेपछि मुलुकलाई सङ्कटबाट जोगाउन लोकतन्त्रमा जनतामा जानु नै अन्तिम विकल्प हो।’ कार्यक्रममा नेकपा गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारीले पार्टीको मूलधार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा रहेकाले यसमै सबै आवद्ध हुन उनले आग्रह गरे।
नेकपाका केन्द्रीय सदस्य जमिन्द्रमान घले, डा भीष्मनाथ अधिकारी, गुमानसिंह अर्याल, फूलबहादुर थापा, प्रेमबहादुर घले, लक्ष्मी अधिकारी, गोवद्र्धन गौली, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेलगायतले लोकप्रिय, विकासप्रेमी प्रधानमन्त्रीका विरुद्धमा लागेर देश सङ्कटतर्फ लैजान खोज्नेका विरुद्धमा सबै एकजुट हुन आग्रह गरेका थिए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












