समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प छैन : जगतबहादुर विश्वकर्मा
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्माले स्थिरता र समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताएका हुन्।
नेकपा जिल्ला कमिटीद्वारा नेकपाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको प्रशिक्षण भेलालाई शनिबार सम्बोधन गर्दै उनले निर्वाचनले लोकतन्त्र बलियो हुन्छ। उनले भने, ‘पार्टीको महाधिवेशनसम्म पर्खनु नसक्ने, पद, सत्ता लोभ र देशको प्रगति नचाहेकाले जनताको ६४ प्रतिशतन जनमत प्राप्त नेकपा नेतृत्वको प्रधानमन्त्रीलाई अविश्वासको मत ल्याएर पदबाट हटाउने प्रयास भएकाले संसद् विघटन गर्न बाध्य भएको हो।
उक्त अवस्था सिर्जना हुन लागेपछि मुलुकलाई सङ्कटबाट जोगाउन लोकतन्त्रमा जनतामा जानु नै अन्तिम विकल्प हो।’ कार्यक्रममा नेकपा गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारीले पार्टीको मूलधार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा रहेकाले यसमै सबै आवद्ध हुन उनले आग्रह गरे।
नेकपाका केन्द्रीय सदस्य जमिन्द्रमान घले, डा भीष्मनाथ अधिकारी, गुमानसिंह अर्याल, फूलबहादुर थापा, प्रेमबहादुर घले, लक्ष्मी अधिकारी, गोवद्र्धन गौली, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेलगायतले लोकप्रिय, विकासप्रेमी प्रधानमन्त्रीका विरुद्धमा लागेर देश सङ्कटतर्फ लैजान खोज्नेका विरुद्धमा सबै एकजुट हुन आग्रह गरेका थिए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












