पीडितले कम खर्चमा न्याय पाउनुपर्छ : न्यायाधीश कार्की
काठमाडाैँ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले कम खर्चमा पीडितले न्याय पाउनुपर्ने बताएका छन्। अदालती प्रक्रियालाई छिटोछरितो र कम खर्चिलो बनाउन सरोकारवालाका सुझाव सङ्कलनका लागि दैलेखमा आउनुभएका कार्कीले यस्तो बताए ।
मुद्दा प्रक्रियाका लागि पीडितले आफू र सहयोगीको यातायात खर्च, खान बस्न, वकिलको पारिश्रमिकलगायतका खर्चलाई जोडेर बढी खर्चिलो मानेकाले त्यसलाई कम कसरी गर्न सकिन्छ भनेर सुझाव सङ्कलनका लागि आएको जानकारी दिए ।
“विकृति, विसङ्गति, अनियमितता तथा बिचौलियाबाट हुनसक्ने क्रियाकलाप रोकथामका लागि चाल्नुपर्ने प्रभावकारी उपाय सम्बन्धमा विस्तृत अध्ययन सुझाव सङ्कलनका लागि यहाँ आएको हुँ”, उनले भने ।
न्यायाधीश कार्कीले न्यायिक कामको प्रभावकारिताबारे सातवटै प्रदेशमा टोली जाने बताउँदै सुझाव सङ्कलन गरेको दैलेख पहिलो जिल्ला हो भने । दैलेखको कार्यक्रममा जिल्ला अदालतका कर्मचारी, सेवाग्राही, नागरिक समाज, कानून व्यवसायी र फौजदारी मुद्दाका अनुसन्धान तथा अभियोजन पक्षसँग आफूले काम गर्दाको समस्या र समाधानका उपाय विषय सुझाव मागिएको उनले बताए ।टोलीमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी, नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बारका अध्यक्ष खगेन्द्र श्रेष्ठ, सर्वोच्च अदालतका सहरजिष्ट्रार विमल पौडेल, उपसचिव ऋतबहादुर पुलामीको सहभागिता थियो ।
दैलेख जिल्ला अदालत बार एशोसिएशनका कानून व्यवसायीसँगको भेटमा अधिवक्ता खड्गबहादुर सिजापतिले जिल्लामा न्यूनतम पारिश्रमिकमा सेवा गरेको दुखेसो पोखे । अधिवक्ता सुरेन्द्र अधिकारीले समाजका अपराध रोकथाम गर्न कानूनी सचेतना जरुरी रहेको सुझाव दिए । समितिसँगको भेटमा दैलेख जिल्ला अदालतका रजिष्ट्रार इन्द्रबहादुर कार्कीले जिल्ला अदालतमा जनशक्ति अभाव भएको जानकारी दिए ।
जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रहरी निरीक्षण राजेश साहुले अनुसन्धानका लगि साधन स्रोतको अभाव भएको सुनाए ।
दैलेख जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछानेले जिल्लामा पहिलोपटक सर्वोच्च अदालतको अदालतकै व्यवस्था सुधारका लागि सुझाव लिएकाले अदालतका काम कारवाहीमा थप सुधारका निम्ति पृष्ठपोषण पाएको बताए । नेपाल बार एशोसिएशनका केन्द्रीय अध्यक्ष समेतको उपस्थितिमा सरोकारवालाको राय सुझाव प्राप्त भएकाले व्यवहारगत समस्या र औँल्याएका कमीकमजोरीहरु हट्दै जाने नेपाल बार एशोसिएशन दैलेखका अध्यक्ष माधवराज अधिकारीले बताए ।
सर्वोच्च अदालतको गत साउन ३० गते निर्णय र कार्यादेशअनुुसार छ महिनामा राय सुझाव सङ्कलन गरी प्रतिवेदन बुझाउन न्यायाधीश कार्कीको संयोजकत्वमा गठित नौ सदस्यीय समितिले सातवटै प्रदेशमा पुगी सुझाव सङ्कलन गरेको छ ।
समितिमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह रावत, न्याय परिषद्का सदस्य लक्ष्मीबहादुर निराला खड्का, सर्वोच्च अदालतका रजिष्ट्रार, महान्याधिवक्ता कार्यालयका नायब महान्याधिवक्ता, नेपाल बार एशोसिएशनका अध्यक्ष, महासचिव, सर्वोच्च बारका अध्यक्ष र सचिव सदस्य तथा सर्वोच्च अदालतका प्रशासन प्रमुख सदस्यसचिव रहेका छन् ।
कार्यादेशले समितिलाई न्यायापालिका विकृति, विसङ्ति, अनियमितता वा भ्रष्टाचार रोक्न कानूनी र संरचनागत सुधारका लागि सुधारको प्रतिवेदन दिने, प्रतिवेदनको आधारमा कार्ययोजना तयार पार्ने र कार्यान्वयका रणनीतिबारे सझाव दिनसक्ने अधिकार दिएको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












