पीडितले कम खर्चमा न्याय पाउनुपर्छ : न्यायाधीश कार्की
काठमाडाैँ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले कम खर्चमा पीडितले न्याय पाउनुपर्ने बताएका छन्। अदालती प्रक्रियालाई छिटोछरितो र कम खर्चिलो बनाउन सरोकारवालाका सुझाव सङ्कलनका लागि दैलेखमा आउनुभएका कार्कीले यस्तो बताए ।
मुद्दा प्रक्रियाका लागि पीडितले आफू र सहयोगीको यातायात खर्च, खान बस्न, वकिलको पारिश्रमिकलगायतका खर्चलाई जोडेर बढी खर्चिलो मानेकाले त्यसलाई कम कसरी गर्न सकिन्छ भनेर सुझाव सङ्कलनका लागि आएको जानकारी दिए ।
“विकृति, विसङ्गति, अनियमितता तथा बिचौलियाबाट हुनसक्ने क्रियाकलाप रोकथामका लागि चाल्नुपर्ने प्रभावकारी उपाय सम्बन्धमा विस्तृत अध्ययन सुझाव सङ्कलनका लागि यहाँ आएको हुँ”, उनले भने ।
न्यायाधीश कार्कीले न्यायिक कामको प्रभावकारिताबारे सातवटै प्रदेशमा टोली जाने बताउँदै सुझाव सङ्कलन गरेको दैलेख पहिलो जिल्ला हो भने । दैलेखको कार्यक्रममा जिल्ला अदालतका कर्मचारी, सेवाग्राही, नागरिक समाज, कानून व्यवसायी र फौजदारी मुद्दाका अनुसन्धान तथा अभियोजन पक्षसँग आफूले काम गर्दाको समस्या र समाधानका उपाय विषय सुझाव मागिएको उनले बताए ।टोलीमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी, नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बारका अध्यक्ष खगेन्द्र श्रेष्ठ, सर्वोच्च अदालतका सहरजिष्ट्रार विमल पौडेल, उपसचिव ऋतबहादुर पुलामीको सहभागिता थियो ।
दैलेख जिल्ला अदालत बार एशोसिएशनका कानून व्यवसायीसँगको भेटमा अधिवक्ता खड्गबहादुर सिजापतिले जिल्लामा न्यूनतम पारिश्रमिकमा सेवा गरेको दुखेसो पोखे । अधिवक्ता सुरेन्द्र अधिकारीले समाजका अपराध रोकथाम गर्न कानूनी सचेतना जरुरी रहेको सुझाव दिए । समितिसँगको भेटमा दैलेख जिल्ला अदालतका रजिष्ट्रार इन्द्रबहादुर कार्कीले जिल्ला अदालतमा जनशक्ति अभाव भएको जानकारी दिए ।
जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रहरी निरीक्षण राजेश साहुले अनुसन्धानका लगि साधन स्रोतको अभाव भएको सुनाए ।
दैलेख जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछानेले जिल्लामा पहिलोपटक सर्वोच्च अदालतको अदालतकै व्यवस्था सुधारका लागि सुझाव लिएकाले अदालतका काम कारवाहीमा थप सुधारका निम्ति पृष्ठपोषण पाएको बताए । नेपाल बार एशोसिएशनका केन्द्रीय अध्यक्ष समेतको उपस्थितिमा सरोकारवालाको राय सुझाव प्राप्त भएकाले व्यवहारगत समस्या र औँल्याएका कमीकमजोरीहरु हट्दै जाने नेपाल बार एशोसिएशन दैलेखका अध्यक्ष माधवराज अधिकारीले बताए ।
सर्वोच्च अदालतको गत साउन ३० गते निर्णय र कार्यादेशअनुुसार छ महिनामा राय सुझाव सङ्कलन गरी प्रतिवेदन बुझाउन न्यायाधीश कार्कीको संयोजकत्वमा गठित नौ सदस्यीय समितिले सातवटै प्रदेशमा पुगी सुझाव सङ्कलन गरेको छ ।
समितिमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह रावत, न्याय परिषद्का सदस्य लक्ष्मीबहादुर निराला खड्का, सर्वोच्च अदालतका रजिष्ट्रार, महान्याधिवक्ता कार्यालयका नायब महान्याधिवक्ता, नेपाल बार एशोसिएशनका अध्यक्ष, महासचिव, सर्वोच्च बारका अध्यक्ष र सचिव सदस्य तथा सर्वोच्च अदालतका प्रशासन प्रमुख सदस्यसचिव रहेका छन् ।
कार्यादेशले समितिलाई न्यायापालिका विकृति, विसङ्ति, अनियमितता वा भ्रष्टाचार रोक्न कानूनी र संरचनागत सुधारका लागि सुधारको प्रतिवेदन दिने, प्रतिवेदनको आधारमा कार्ययोजना तयार पार्ने र कार्यान्वयका रणनीतिबारे सझाव दिनसक्ने अधिकार दिएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












