‘कम्युनिष्टकै बर्को ओढेर बाटोमा बस्नेहरुले कम्युनिष्ट आन्दोलनको बदनाम गराए’: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्टको बर्को ओढेर कम्युनिस्ट आन्दोलनको बदनाम गरिएको आरोप लगाएका छन् ।
उनले नाम नलिइकन पुष्पकमल ‘प्रचण्ड’ –माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै कम्युनिस्टको बर्को ओढेर बाटोमा बस्नेहरुले कम्युनिस्ट आन्दोलनको बदनाम गराएको बताएका छन् । बिहीबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कम्युनिस्टको खोल ओढेकै व्यक्तिले बदनाम गराएको बताएका हुन् ।
सम्बोधनका क्रममा उनले भने, ‘कम्युनिस्टकै बर्को ओढेर बाटोमा बस्नेहरुले कम्युनिस्ट आन्दोलनको बदनाम गराए । कम्युनिस्ट आन्दोलन र लोकतन्त्रको सबैभन्दा बढी विरोध कम्युनिस्टकै खोल ओढेकाले गरेका छन् ।’
त्यस्तै प्रधानमन्त्री ओलीले विगतमा पनि कम्युनिस्ट आन्दोलनलाई बदनाम गराइएको उल्लेख गर्दै भने, ‘विगतमा पनि यिनीहरुले यिनीहरुले कम्युनिस्ट आन्दोलनलाई निर्दयी, संवेदनहीन, मानवताहीन भएको हुन्छ भनेर उपद्रो गरे । ल्याएर हामीले धेरै कोसिस गर्यौँ । तर सुधार्न सफल भइएन ।’
त्यस्तै प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहालले गाडी लिएर जनताले कति दु:ख पाए भनेर हेर्न हिँडेको पनि बताए । त्यस्तै माधवकुमार नेपाल भने आफैले गराएको बन्दमा गाडी लिएर के जानु भनेर मोटरसाइकलमा घुमेको बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘जनताले कति दु:ख पाए भनेर गाडीमा तमासा हेर्न हिँडेका छन् । कार्यकर्ता सकिएछन्, आफै हिँड्याछन् । कार्यकर्ता छैनन् सिद्धिएछन् । कार्यकर्ता जति सबै यतै छन् ।’
बिहीबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल खुमलटारबाट गाडी लिएर बन्दको निरीक्षण गर्न निस्किएका थिए । उनले पुल्चोकमा आएर एकछिन बसेर नेता कार्यकर्तासँगै नारा पनि लगाएका थिए । त्यस्तै अर्का अध्यक्ष माधवकुमार नेपाल पनि बन्दको निरीक्षण गर्न सडकमा निस्किएका थिए । त्यसैलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले उनीहरू तमासा हेर्न सडकमा निस्किएको बताएका हुन् ।
त्यस्तै प्रधानमन्त्री ओलीले दाहाललाई कानुनको पालना गर्न पनि आग्रह गरेका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












