‘कम्युनिष्टकै बर्को ओढेर बाटोमा बस्नेहरुले कम्युनिष्ट आन्दोलनको बदनाम गराए’: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्टको बर्को ओढेर कम्युनिस्ट आन्दोलनको बदनाम गरिएको आरोप लगाएका छन् ।
उनले नाम नलिइकन पुष्पकमल ‘प्रचण्ड’ –माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै कम्युनिस्टको बर्को ओढेर बाटोमा बस्नेहरुले कम्युनिस्ट आन्दोलनको बदनाम गराएको बताएका छन् । बिहीबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कम्युनिस्टको खोल ओढेकै व्यक्तिले बदनाम गराएको बताएका हुन् ।
सम्बोधनका क्रममा उनले भने, ‘कम्युनिस्टकै बर्को ओढेर बाटोमा बस्नेहरुले कम्युनिस्ट आन्दोलनको बदनाम गराए । कम्युनिस्ट आन्दोलन र लोकतन्त्रको सबैभन्दा बढी विरोध कम्युनिस्टकै खोल ओढेकाले गरेका छन् ।’
त्यस्तै प्रधानमन्त्री ओलीले विगतमा पनि कम्युनिस्ट आन्दोलनलाई बदनाम गराइएको उल्लेख गर्दै भने, ‘विगतमा पनि यिनीहरुले यिनीहरुले कम्युनिस्ट आन्दोलनलाई निर्दयी, संवेदनहीन, मानवताहीन भएको हुन्छ भनेर उपद्रो गरे । ल्याएर हामीले धेरै कोसिस गर्यौँ । तर सुधार्न सफल भइएन ।’
त्यस्तै प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहालले गाडी लिएर जनताले कति दु:ख पाए भनेर हेर्न हिँडेको पनि बताए । त्यस्तै माधवकुमार नेपाल भने आफैले गराएको बन्दमा गाडी लिएर के जानु भनेर मोटरसाइकलमा घुमेको बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘जनताले कति दु:ख पाए भनेर गाडीमा तमासा हेर्न हिँडेका छन् । कार्यकर्ता सकिएछन्, आफै हिँड्याछन् । कार्यकर्ता छैनन् सिद्धिएछन् । कार्यकर्ता जति सबै यतै छन् ।’
बिहीबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल खुमलटारबाट गाडी लिएर बन्दको निरीक्षण गर्न निस्किएका थिए । उनले पुल्चोकमा आएर एकछिन बसेर नेता कार्यकर्तासँगै नारा पनि लगाएका थिए । त्यस्तै अर्का अध्यक्ष माधवकुमार नेपाल पनि बन्दको निरीक्षण गर्न सडकमा निस्किएका थिए । त्यसैलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले उनीहरू तमासा हेर्न सडकमा निस्किएको बताएका हुन् ।
त्यस्तै प्रधानमन्त्री ओलीले दाहाललाई कानुनको पालना गर्न पनि आग्रह गरेका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












