नेकपा विवादबारे स्वेतपत्र जारी गर्दैछौं: प्रचण्ड
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको विवादबारे स्वेतपत्र जारी गर्न लागेको बताएका छन्।
शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीमा भएको के हो भन्ने सबै सार्वजनिक गर्ने बताए।
‘यो पार्टीभित्रको मात्रै विवाद होइन। यो प्रतिगमनका पक्षमा र संविधानको पक्षमा भएको हमला हो। के भएको हो हामी सबै भन्नेछौं,’ प्रचण्डले भने, ‘अहिले किन नागरिक समाज, लेखक, बुद्धिजिवी प्रतिगमनको विरुद्धमा आएका छन्? उनीहरू कम्युनिष्ट होइनन्। यो देशका राम्रा दिमाग भएकाहरू प्रतिगमनका विरूद्धमा छन्।’
उनले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नारायणहिटी अगाडि गर्न लागेको आजको सभालाई पञ्चहरूको र्यालीजस्तै भएको बताए।
‘०४६ सालको आसपासमा लाखौं सडकमा आएर समेत पञ्च र्याली भएका थिए। त्यही भएर कसका पक्षमा कति छन् भन्नेतिर नलागौं,’ उनले भने।
संवैधानिक नियुक्ति अलोकतान्त्रिक चरित्रको पराकाष्ठा भएको प्रचण्डले भनाइ छ।
‘अध्यादेश ल्याएर हतार-हतार नियुक्ति भएको छ। सदस्यहरूलाई बोलाइएको छैन। पार्टीमा नियुक्ति गरेकै छैन भन्नुभएको थियो,’ उनले भने,’ अहिले संविधानको हत्या भएको छ। जंगली राज गरिएको छ। तपाईहरू प्रचण्ड र माधव नेपाललाई मात्र नहेर्नुस्।’
उनले ओलीको त्यही कदमको विरोधको प्रतिवादस्वरूप हिजोको आमहड्ताल आवश्यक भएको बताए। केही समयपछि जनताहरू आएर हप्तौं हड्ताल हुनसक्ने प्रचण्डको भनाइ छ।
‘हामी सधैँ बन्द हडताल गर्ने होइन। हिजो नागरिकलाई परेको समस्यामा हामी दु:खी छौं। अब जनता आएर हप्तौं हड्ताल हुनसक्छ। तर हामी अहिले नै हड्ताल हुन्छ भन्दैनौं। हिजोको हड्ताल जरूरी थियो,’ उनले भने।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












