नेकपा विवादबारे स्वेतपत्र जारी गर्दैछौं: प्रचण्ड
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको विवादबारे स्वेतपत्र जारी गर्न लागेको बताएका छन्।
शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीमा भएको के हो भन्ने सबै सार्वजनिक गर्ने बताए।
‘यो पार्टीभित्रको मात्रै विवाद होइन। यो प्रतिगमनका पक्षमा र संविधानको पक्षमा भएको हमला हो। के भएको हो हामी सबै भन्नेछौं,’ प्रचण्डले भने, ‘अहिले किन नागरिक समाज, लेखक, बुद्धिजिवी प्रतिगमनको विरुद्धमा आएका छन्? उनीहरू कम्युनिष्ट होइनन्। यो देशका राम्रा दिमाग भएकाहरू प्रतिगमनका विरूद्धमा छन्।’
उनले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नारायणहिटी अगाडि गर्न लागेको आजको सभालाई पञ्चहरूको र्यालीजस्तै भएको बताए।
‘०४६ सालको आसपासमा लाखौं सडकमा आएर समेत पञ्च र्याली भएका थिए। त्यही भएर कसका पक्षमा कति छन् भन्नेतिर नलागौं,’ उनले भने।
संवैधानिक नियुक्ति अलोकतान्त्रिक चरित्रको पराकाष्ठा भएको प्रचण्डले भनाइ छ।
‘अध्यादेश ल्याएर हतार-हतार नियुक्ति भएको छ। सदस्यहरूलाई बोलाइएको छैन। पार्टीमा नियुक्ति गरेकै छैन भन्नुभएको थियो,’ उनले भने,’ अहिले संविधानको हत्या भएको छ। जंगली राज गरिएको छ। तपाईहरू प्रचण्ड र माधव नेपाललाई मात्र नहेर्नुस्।’
उनले ओलीको त्यही कदमको विरोधको प्रतिवादस्वरूप हिजोको आमहड्ताल आवश्यक भएको बताए। केही समयपछि जनताहरू आएर हप्तौं हड्ताल हुनसक्ने प्रचण्डको भनाइ छ।
‘हामी सधैँ बन्द हडताल गर्ने होइन। हिजो नागरिकलाई परेको समस्यामा हामी दु:खी छौं। अब जनता आएर हप्तौं हड्ताल हुनसक्छ। तर हामी अहिले नै हड्ताल हुन्छ भन्दैनौं। हिजोको हड्ताल जरूरी थियो,’ उनले भने।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












