‘प्रभु पे’ नेपालकै पहिलो अपाङ्गमैत्री डिजिटल वालेट
यहाँ दिइन्छ अपाङ्गता भएका व्यक्तिबाटै अपाङ्गमैत्री डिजिटल सेवा
काठमाडौँ । नेपालमै पहिलो पटक ‘प्रभु पे’ले अपाङ्गता मैत्री डिजिटल वालेट बजारमा ल्याएको छ ।
प्रभु टेक्नोलोजी प्रालीले दृष्टीविहिन, सुन्ने शक्ति नभएका व्यक्तिलाई मध्यनजर गरी अपाङ्गता मैत्री डिजिटल वालेट ल्याएको हो ।
शारिरीक अपाङ्गता भएका व्यक्तिलाई डिजिटल बजारसँग जोड्न नेपालमै पहिलो पटक अपाङ्गतामैत्री डिजिटल वालेट सञ्चालनमा ल्याएको प्रभु टेक्नोलोजी प्रालीका प्रबन्ध निर्देशक विक्की शाहीले जानकारी दिए ।
‘दैनिक जीवनमा आइपर्ने कामहरू मोवाइल, ल्याण्डलाइनमा रिचार्ज, विजुली, पानी र विभिन्न किसिमका विल भुक्तानीलगायत मानव जीवनका आधारभूत आवश्यकतालाई छिटो छरितो तरिकाले प्रविधिको माध्यमबाट अपाङ्गता भएका व्यक्तिमाझ हामीले यो सुविधा ल्याएका छौं । जुन अहिलेसम्म नेपालमा कसैले ल्याउन सकेको थिएन,’ प्रबन्ध निर्देशक शाहीले भने ।
यहाँ दृष्टीविहिनहरूबाटै अपाङ्गमैत्री डिजिटल सेवा दिइने शाहीले बताए । ‘प्रभु पे’ ले नेपालमै पहिलो पटक २ जना दृष्टीविहिन विनोद खतिवडा र रचना पराजुलीलाई कर्मचारी नियुक्त गरेर अपाङ्गता मैत्री डिजिटल वालेट सेवा दिइरहेको छ ।
खतिवडाले ‘प्रभु पे’ ले जागिर दिएपछि आफ्नो आधारभूत मध्यको एउटा आवश्यकता पूरा भएको अनुभुती भइरहेको बताए । उनले भने ‘हामीलाई घर बाहिर निस्किदा हातमा सेतो स्ट्रिक देख्नेवित्तिकै हेर्ने दृष्टिकोण फरक छ कि जस्तो लाग्थ्यो । जब ‘प्रभु पे’ ले हामीजस्ता शारिरीक अपाङ्गता भएका व्यक्तिहरूलाई मध्यनजर गरेर डिजिटल वालेट बजारमा ल्यायो, यसले गर्दा हाम्रो आधारभुत मध्यको एउटा आवश्यकता पूरा भएको अनुभुती भइरहेको छ ।’
२०७५ सालबाट सु? भएको ‘प्रभु पे’ डिजिटल वालेटले गत असोज महिनादेखि अपाङ्गमैत्री फिचरका साथ अपाङ्गमैत्री डिजिटल वालेटसमेत सञ्चालनमा ल्याएको हो ।
‘प्रभु पे’ बाट मोबाइलबाटै कुनै पनि बैंक तथा वित्तीय संस्थाको रकम एउटा खाताबाट अर्कोमा ट्रान्सफर गर्न, बिजुली तथा पानीको बिल भुक्तानी गर्न, किनमेलमा खर्च भएको बिलको रकम भुक्तानी गर्न, प्रभु टिभी रिचार्ज गर्न, मोबाइल रिचार्ज गर्न सकिन्छ ।
‘प्रभु पे’ मा युनियन पे र क्यूआर कोड स्क्यानमार्फत पैसा तिर्ने सेवा पनि छ । यसले नियमीत ग्राहकलाई १० लाखसम्मको दुर्घटना बिमाको सुविधा पनि दिएको छ ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...












