जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजकिशोर दिल्ली उडे
काठमाडाैँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी सदस्य राजकिशोर यादव सोमबार दिल्ली प्रस्थान गरेका छन् ।
अध्यक्ष ठाकुर भैरहवा हुँदै भारतको गोरखपुरबाट दिल्ली उडेका हुन् भने कार्यकारिणी सदस्य यादव काठमाडौंबाट सिधै दिल्ली उडेका हुन् ।
देशमा राजनीतिक संक्रमण बढिरहेको बेला जसपा नेपालका दुईजना नेता दिल्ली जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ । तर उनीहरु निकट नेताहरुले भ्रमण राजनीति नभएर व्यक्तिगत तथा परिवारिक रहेका दावी गरेका छन् । अध्यक्ष ठाकुर नियमित स्वास्थ्य जाँचका लागि दिल्ली गएको र कार्यकारिणी सदस्य यादवको पनि व्यक्तिगत भ्रमण रहेको उनीहरुको निकट स्रोतको दावी छ।
जसपा नेपालका नेता डा.सुरेन्द्र झाले भने, ‘अध्यक्ष ठाकुरको मुटुमा पेस मेकर लगाइएको छ, चार पाँच महिनाअघि नै त्यसको नियमित जाँचका लागि दिल्ली जानुपर्ने थियो । तर कोरोनाका कारण जानसक्नु भएन, चार महिनाअघि नर्भिकमा देखाउनु भएको थियो अहिले पुनः त्यसैको चेकअपका लागि उहाँ दिल्ली जानु भएको हो ।’ दिल्ली जानु अध्यक्ष ठाकुरको कुनै राजनीतिक उद्देश्य नरहेको उनले दावी गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विभिन्न पक्षले आन्दोलन गरिरहेका छन् । देशको राजनीतिलाई अन्तर्राष्ट्रिय शक्तिहरु नजिकबाट नियालिरहेको छ । त्यसमा पनि भारत र चीनले छिमेकी देश भएको नाताले नेपालको राजनीतिलाई गम्भीरतापूर्वक हेरेका छन् ।
संसद विघटनको बारेमा दुवै देशले आफ्नो कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन । यद्यपी ती देशले देखाएका विभिन्न संकेतले चीन संसद् विघटनको विपक्षमा र भारत संसद् विघटनको पक्षमा देखिएको टिकाटिप्पणी भइहरेको छ ।
उसो त जसपा नेपालमा पनि चुनाव कि पुनःस्थापना भन्नेमा दुई धार देखिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले संसद पुनःस्थापना कुनै पनि हालतमा हुनुपर्ने कुरामा जोड दिँदै आएका छन् भने अध्यक्ष ठाकुर पक्षधर नेताहरुले संसद पुनःस्थापनाले मात्र समस्या समाधान नहुने भएकाले चुनावको तयारी पनि गर्नुपर्ने भनेका छन् । जसपा नेपालका अध्यक्ष ठाकुर पक्षका नेताहरु सर्वोच्च अदालतको निर्णयलाई मान्नुपर्ने पक्षमा रहेका छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












