जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजकिशोर दिल्ली उडे
काठमाडाैँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी सदस्य राजकिशोर यादव सोमबार दिल्ली प्रस्थान गरेका छन् ।
अध्यक्ष ठाकुर भैरहवा हुँदै भारतको गोरखपुरबाट दिल्ली उडेका हुन् भने कार्यकारिणी सदस्य यादव काठमाडौंबाट सिधै दिल्ली उडेका हुन् ।
देशमा राजनीतिक संक्रमण बढिरहेको बेला जसपा नेपालका दुईजना नेता दिल्ली जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ । तर उनीहरु निकट नेताहरुले भ्रमण राजनीति नभएर व्यक्तिगत तथा परिवारिक रहेका दावी गरेका छन् । अध्यक्ष ठाकुर नियमित स्वास्थ्य जाँचका लागि दिल्ली गएको र कार्यकारिणी सदस्य यादवको पनि व्यक्तिगत भ्रमण रहेको उनीहरुको निकट स्रोतको दावी छ।
जसपा नेपालका नेता डा.सुरेन्द्र झाले भने, ‘अध्यक्ष ठाकुरको मुटुमा पेस मेकर लगाइएको छ, चार पाँच महिनाअघि नै त्यसको नियमित जाँचका लागि दिल्ली जानुपर्ने थियो । तर कोरोनाका कारण जानसक्नु भएन, चार महिनाअघि नर्भिकमा देखाउनु भएको थियो अहिले पुनः त्यसैको चेकअपका लागि उहाँ दिल्ली जानु भएको हो ।’ दिल्ली जानु अध्यक्ष ठाकुरको कुनै राजनीतिक उद्देश्य नरहेको उनले दावी गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विभिन्न पक्षले आन्दोलन गरिरहेका छन् । देशको राजनीतिलाई अन्तर्राष्ट्रिय शक्तिहरु नजिकबाट नियालिरहेको छ । त्यसमा पनि भारत र चीनले छिमेकी देश भएको नाताले नेपालको राजनीतिलाई गम्भीरतापूर्वक हेरेका छन् ।
संसद विघटनको बारेमा दुवै देशले आफ्नो कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन । यद्यपी ती देशले देखाएका विभिन्न संकेतले चीन संसद् विघटनको विपक्षमा र भारत संसद् विघटनको पक्षमा देखिएको टिकाटिप्पणी भइहरेको छ ।
उसो त जसपा नेपालमा पनि चुनाव कि पुनःस्थापना भन्नेमा दुई धार देखिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले संसद पुनःस्थापना कुनै पनि हालतमा हुनुपर्ने कुरामा जोड दिँदै आएका छन् भने अध्यक्ष ठाकुर पक्षधर नेताहरुले संसद पुनःस्थापनाले मात्र समस्या समाधान नहुने भएकाले चुनावको तयारी पनि गर्नुपर्ने भनेका छन् । जसपा नेपालका अध्यक्ष ठाकुर पक्षका नेताहरु सर्वोच्च अदालतको निर्णयलाई मान्नुपर्ने पक्षमा रहेका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












