जनयुद्धको प्राथमिकता स्वस्थ र स्फूर्ति पनि थियोः नेता पुन
रुकुम पूर्व । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री गणेशमान पुनले जनयुद्धका धेरै उद्देश्यमध्ये स्वस्थ र स्फूर्ति निर्माण पनि एउटा उद्देश्य भएको बताएका छन ।
शारीरिक र मानसिक रुपमा मान्छे स्वस्थ भए मात्रै अरु विकासमा लाग्न सकिने भन्दै उनले स्वस्थताका लागि खेल महत्वपूर्ण भएको बताए ।
जिल्ला ब्याडमिन्टन संघ रुकुम पूर्वले जनयुद्ध दिवशको अवसर पारी आयोजना गरेको खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गर्दै नेता पुनले खेलले एकता र अनुशासनमा पनि बाँध्ने बताए ।
नेता पुनले स्वस्थता, मनोरञ्जन, एकताका लागि पनि सबै नागरिक कुनै न कुनै खेलमा जोडिनुपर्नेमा उनको जोड छ । खेल मार्फत समृद्धि आउने, समाजवादको उद्देश्य पूर्ति हुने भन्दै उनले यसका लागि ठिक ठिक ढंगबाट सबैको भूमिका औल्याए । खेल र अरु सबै क्षेत्रमा राज्यले लगानी गर्नुपर्ने भन्दै उनले नेपालको हालको संरचना अनुसारका तीन तहकै सरकारले खेल क्षेत्रमा लगानी गर्नुपर्ने र खेल क्षेत्रमा रहेकाहरुले त्यसलाई सहि सदुपयोग गर्नुपर्ने बताए।
युवा, खेलाडी सबैले गाउँ, समाज निर्माणका लागि सिर्जनात्मक र रचनात्मक कार्यक्रममा ध्यान दिनुपर्ने भनाई उनको छ । युवाहरु सिप विकासमा लाग्नुपर्ने र रोजगार स्वरोजगारमा पनि युवाहरुले ध्यान दिनुपर्ने भन्दै नेता पुनले यो वातावरण निर्माणका सबै तह लाग्नुपर्ने र आफू पनि त्यसका लागि प्रतिबद्ध रहेको बताउनुभयो । सिस्ने गाउँपालिका, युवा विकास केन्द्रको आर्थिक सहयोगमा जिल्ला ब्याडमिन्टन संघ रुकुम पूर्वले प्रतियोगिता आयोजना गरेको हो ।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












