चुनाव हुन्छ हुन्छ, तयारीमा जुट्न देउवाको निर्देशन
काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा पुनर्स्थापना भए पनि चुनाव हुने भएकोले तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकोले अदालतको निर्णय कुर्नुपर्ने देउवाले बताए।
पार्टीका नेताहरूले चुनाव हुँदैन भनिरहेको उल्लेख गर्दै उनले अदालतले पुनर्स्थापनाको निर्णय नगरे चुनाव हुने बताए। त्यसबेला चुनावको तयारी गर्न ढिलाइ हुने भएकोले अहिलेदेखि नै तयार रहन उनले निर्देशन दिएका छन्।
‘संविधानको व्याख्या गर्ने अदालतले हो। अदालतबाहेक अरू कोही छ यहाँ?,’ नुवाकोटमा शुक्रबार देउवाले भने, ‘अदालतको निर्णय पर्खियौं भनेको हो। अदालतलाई विश्वास गरौं न प्लिज, उसको निर्णय मानौं।’
अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिए स्वीकार गरेर जाने उनले बताए। तर पुनर्स्थापना भएन भने कांग्रेस चुनावबाट भाग्न नमिल्ने देउवाको भनाइ छ।
‘प्रचण्ड-ओलीलाई चुनाव लागिसक्यो। चुनाव चिन्ह मागिरहेका छन्,’ उनले भने, ‘हाम्रा साथीहरू चुनाव हुँदैन भनिरहेका छन्। चुनाव भयो भने के गर्ने? कि चुनावमा जानुपर्यो कि राजनीति गर्न भएन। चुनावबाट त भाग्न मिल्दैन नि।’
उनले प्रतिनिधि सभा विघटन भएमा छ महिनाभित्र चुनाव हुने पनि बताए। यदी प्रधानमन्त्री ओलीले चुनाव गर्न नसके सबै मिलेर ओलीलाई हटाउने देउवाको भनाइ छ।
‘चुनाव हुन्छ हुन्छ,’ उनले भने, ‘ओलीले चुनाव नगरेर सुख पाउँछन् यहाँ?’ चुनावका लागि तयार भएर बस्न देउवाले निर्देशन दिएका छन्। प्रतिनिधि सभा पुनर्स्थापना भए पनि एक/दुई वर्षमा चुनाव हुने भएकोले तयार रहनुपर्ने उनको भनाइ छ।
उनले ओलीको खिलापमा कांग्रेसका नेताहरू बोल्न सक्ने भएकोमा धन्यबाद दिएका छन्। प्रचण्डको खिलापमा पनि बोल्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। ‘डर हटाउनुस् कांग्रेसलाई कसैले हराउन सक्दैन,’ उनले भने।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












