चुनाव हुन्छ हुन्छ, तयारीमा जुट्न देउवाको निर्देशन
काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा पुनर्स्थापना भए पनि चुनाव हुने भएकोले तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकोले अदालतको निर्णय कुर्नुपर्ने देउवाले बताए।
पार्टीका नेताहरूले चुनाव हुँदैन भनिरहेको उल्लेख गर्दै उनले अदालतले पुनर्स्थापनाको निर्णय नगरे चुनाव हुने बताए। त्यसबेला चुनावको तयारी गर्न ढिलाइ हुने भएकोले अहिलेदेखि नै तयार रहन उनले निर्देशन दिएका छन्।
‘संविधानको व्याख्या गर्ने अदालतले हो। अदालतबाहेक अरू कोही छ यहाँ?,’ नुवाकोटमा शुक्रबार देउवाले भने, ‘अदालतको निर्णय पर्खियौं भनेको हो। अदालतलाई विश्वास गरौं न प्लिज, उसको निर्णय मानौं।’
अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिए स्वीकार गरेर जाने उनले बताए। तर पुनर्स्थापना भएन भने कांग्रेस चुनावबाट भाग्न नमिल्ने देउवाको भनाइ छ।
‘प्रचण्ड-ओलीलाई चुनाव लागिसक्यो। चुनाव चिन्ह मागिरहेका छन्,’ उनले भने, ‘हाम्रा साथीहरू चुनाव हुँदैन भनिरहेका छन्। चुनाव भयो भने के गर्ने? कि चुनावमा जानुपर्यो कि राजनीति गर्न भएन। चुनावबाट त भाग्न मिल्दैन नि।’
उनले प्रतिनिधि सभा विघटन भएमा छ महिनाभित्र चुनाव हुने पनि बताए। यदी प्रधानमन्त्री ओलीले चुनाव गर्न नसके सबै मिलेर ओलीलाई हटाउने देउवाको भनाइ छ।
‘चुनाव हुन्छ हुन्छ,’ उनले भने, ‘ओलीले चुनाव नगरेर सुख पाउँछन् यहाँ?’ चुनावका लागि तयार भएर बस्न देउवाले निर्देशन दिएका छन्। प्रतिनिधि सभा पुनर्स्थापना भए पनि एक/दुई वर्षमा चुनाव हुने भएकोले तयार रहनुपर्ने उनको भनाइ छ।
उनले ओलीको खिलापमा कांग्रेसका नेताहरू बोल्न सक्ने भएकोमा धन्यबाद दिएका छन्। प्रचण्डको खिलापमा पनि बोल्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। ‘डर हटाउनुस् कांग्रेसलाई कसैले हराउन सक्दैन,’ उनले भने।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












