मेस्सीको उत्कृष्ट प्रदर्शनमा सेभियामाथि बार्साको जित, उक्लियाे दाेस्राे स्थानमा
काठमाडाैँ । मेस्सीको उत्कृष्ट प्रदर्शनमा फुटबल क्लब बार्सिलोनाले ला लिगामा सेभियामाथि जित हात पारेको छ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–० ले पराजित गर्दा मेस्सी दुवै गोलमा समावेश भए।
पहिलो गोलमा असिस्ट प्रदान गरेका मेस्सीले दोस्रो गोल आफैले गरेका हुन्।
यससँगै बार्सिलोना ला लिगाको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाले खेलको पहिलो हाफमा नै अग्रता बनाएको थियो। खेलको २९ औं मिनेटमा बार्साका ओउसमान डेम्बेलेले मेस्सीको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
यस्तै खेलको ८५ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीको जित सुनिश्चित गरे। लिगमा उनले हालसम्म १९ गोल गरेका छन्। उनी नै हाल ला लिगाका सर्वाधिक गोलकर्ता हुन्।
लिगको शीर्ष स्थानको एट्लेटिको मड्रिडको ५५ अंक हुँदा बार्सिलोनाको ५३ अंक छ। तेस्रो स्थानको रियल मड्रिडको ५२ अंक छ।
त्यस्तै गएराति भएको अन्य खेलमा एइबर र ह्युस्काले एक एक गोलको बराबरी खेले। ओसासुनोले अलाभेसलाई १–० ले हराउँदा गेटाफेले भ्यालेन्सियालाई ३–० ले पराजित गर्यो।
ओसासुना १२ औं स्थानमा उक्लदा गेटाफे १३ औं स्थानमा छ। भ्यालेन्सिया १४ औं स्थानमा झरेको छ।
Comments
अरु समाचार
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...
-
आईपीएलः राजस्थानले लखनऊलाई सानदारले हरायो, सुर्यवंशीले बनाए ९३ रन
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनऊ सुपर जाइन्ट्समाथि ७...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
-
नेपालले अमेरिकालाई ९ विकेटले हरायो, कुशल भुर्तेलको शानदार शतक
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको...
-
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै
काठमाण्डौ — आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट...












