प्रतिक्रियावादीका षड्यन्त्र चकनाचुर पार्न ‘कलरफुल रिभोलुसन’ गर्ने प्रचण्डको उद्घोष
'ओली बिरुद्ध १९ पेजको प्रस्ताव गर्दा 'बमबार्ड द हेडक्वाटर' गरेकै हो'
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि वमबारी गरेको स्वीकार्दै ‘कंकाल निकालेर कलरफुल रिभोलुसन’ गर्ने उद्घोष गरेका छन्।
शहीद भरत ढुंगाना स्मृति ग्रन्थ सार्वजनिक कार्यक्रममा बोल्दै उनले भर्खरै भूमिगतबाट खुला राजनीतिमा आएका नेत्रविक्रम चन्द विप्लवलाई पनि संदेश दिए – हामी सहकार्यको बाटोमै छौं।
भएको उपलब्धी थोरै भए स्वीकार्नुपर्ने बताउँदै उनले केही होइन भनेर एक्लै बस्न नहुने बताए।
‘साच्चै लडेको को हो? शास्त्रार्थ गरौं। चिन्ता नगरौं। खतरा अहिले पनि छ। म आन्दोलित र चिन्तित छु,’ प्रचण्डले भने।
उनले राष्ट्रिय स्वाधिनताको लडाई पूरा भइनसकेको बताउँदै प्रतिक्रियावादीको जोड माओवादी उपलव्धि ध्वस्त पार्नेमा रहेको बताए। उनले नेपाली जनतालाई बिद्रोह गर्ने अधिकार रहेको बताए।
‘ओली बिरुद्ध १९ पेजको प्रस्ताव गर्दा ‘बमबार्ड द हेडक्वाटर’ गरेकै हो,’ प्रचण्डले भने, ‘कलरफुल रिभोलुसनबाट प्रतिक्रियावादीका षड्यन्त्र चकनाचुार पार्न सकिन्छ।’
उनले हजारौं कंकाल निकाल्ने पनि बताए। ‘वैज्ञानिक समाजवादीका निम्ति शहीदलाई सम्मान गर्छौ,’ उनले भने, ‘हामीले जनयुद्धको सिद्धन्त बिर्सेका छैनौं।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












