प्रतिक्रियावादीका षड्यन्त्र चकनाचुर पार्न ‘कलरफुल रिभोलुसन’ गर्ने प्रचण्डको उद्घोष
'ओली बिरुद्ध १९ पेजको प्रस्ताव गर्दा 'बमबार्ड द हेडक्वाटर' गरेकै हो'
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि वमबारी गरेको स्वीकार्दै ‘कंकाल निकालेर कलरफुल रिभोलुसन’ गर्ने उद्घोष गरेका छन्।
शहीद भरत ढुंगाना स्मृति ग्रन्थ सार्वजनिक कार्यक्रममा बोल्दै उनले भर्खरै भूमिगतबाट खुला राजनीतिमा आएका नेत्रविक्रम चन्द विप्लवलाई पनि संदेश दिए – हामी सहकार्यको बाटोमै छौं।
भएको उपलब्धी थोरै भए स्वीकार्नुपर्ने बताउँदै उनले केही होइन भनेर एक्लै बस्न नहुने बताए।
‘साच्चै लडेको को हो? शास्त्रार्थ गरौं। चिन्ता नगरौं। खतरा अहिले पनि छ। म आन्दोलित र चिन्तित छु,’ प्रचण्डले भने।
उनले राष्ट्रिय स्वाधिनताको लडाई पूरा भइनसकेको बताउँदै प्रतिक्रियावादीको जोड माओवादी उपलव्धि ध्वस्त पार्नेमा रहेको बताए। उनले नेपाली जनतालाई बिद्रोह गर्ने अधिकार रहेको बताए।
‘ओली बिरुद्ध १९ पेजको प्रस्ताव गर्दा ‘बमबार्ड द हेडक्वाटर’ गरेकै हो,’ प्रचण्डले भने, ‘कलरफुल रिभोलुसनबाट प्रतिक्रियावादीका षड्यन्त्र चकनाचुार पार्न सकिन्छ।’
उनले हजारौं कंकाल निकाल्ने पनि बताए। ‘वैज्ञानिक समाजवादीका निम्ति शहीदलाई सम्मान गर्छौ,’ उनले भने, ‘हामीले जनयुद्धको सिद्धन्त बिर्सेका छैनौं।’
Comments
अरु समाचार
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ सुरु
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। अख्तियार...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
युवा नेता उमेश आचार्यले एमाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने !
काठमाडौं । नेकपा एमालेका युवा नेता उमेश आचार्यले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बि.स.२०५८...
-
‘अब फेरि हाहुकै भरमा सरकार बन्दैन, निर्वाचन पछि एमालेकै बन्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने बताएका छन् । शनिबार एमाले...
-
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक तर्फको कार्यक्रम आजदेखि सुरु !
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक...












