तीन गुटमा विभाजित एमाले : तीन गुटका तीनतिर कार्यक्रम
काठमाडाैँ । सत्तारुढ दल नेकपा एमालेका तीन समूहले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन्।
एमालेको भित्रको विवाद उत्कर्षमा पुगेका बेला तीन समूहले छुट्टाछुट्टै कायक्रम गर्न लागेका हुन्।
मंगलबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले बालुवाटारमा चियापान, वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सानेपामा पत्रकार सम्मेलन र उपाध्यक्ष वामदेव गौतम समूहले बल्खुमा केन्द्रीय समिति बैठकको आयोजना गरेका छन्।
यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय इन्द्र भण्डारीले एसएमएस पठाएर सबैलाई निमन्त्रणा गरेका छन्। ‘सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यूले पार्टी केन्द्रीय कमिटीको १२ औं बैठकको सन्दर्भमा आयोजना गर्नुभएको चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रममा यहाँको उपस्थितिका लागि हार्दिक अनुरोध छ’, भण्डारीले पठाएको एसएमएसमा भनिएको छ।
प्रधानमन्त्री ओली समूहले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय सदस्यहरुका लागि चियापान कार्यक्रमको आयोजना गरेको एक नेताले बताए । बिहान ११ बजेबाट हुने चियापान समारोहमा नेपाल र गौतमपछि भने नजाने घोषणा गरेका छन्।
त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ललितपुरको सानेपास्थिति हेरिटेज गार्डेनमा पत्रकार सम्मेलनको आयोजना गरेको छ। दिउँसो २ बजेका लागि आयोजित पत्रकार सम्मेलनमा नेपाल समूहले चैत ४ र ५ गते आयोजित राष्ट्रिय कार्यकर्ता भेलाका बारेमा जानकारी दिइने एमाले प्रचार विभागका सचिव विष्णु रिजालले जनाकारी दिएका छन्।
त्यस्तै उपाध्यक्ष वामदेव गौतमले बल्खुको रिद्धीसिद्धी पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएका छन्। फागुन २८ गते ओली पक्षले एकपक्षीय ढंगले महाधिवेशन मिति घोषणा गर्ने, केन्द्रीय सदस्य थप गर्ने लगायतका निर्णय गरेपछि गोतमले ओलीसँग एकताको सम्भावना सकिएको बताएका थिए।
मंगलबार दिउँसो एमाले एकता अभियानको बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने केन्द्रीय सदस्य इन्दिरा पन्तले बताइन्।
‘आजको बैठकमा एमाले एक बनाउने विषयमा छलफल हुन्छ’, पन्तले भनिन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












