तीन गुटमा विभाजित एमाले : तीन गुटका तीनतिर कार्यक्रम
काठमाडाैँ । सत्तारुढ दल नेकपा एमालेका तीन समूहले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन्।
एमालेको भित्रको विवाद उत्कर्षमा पुगेका बेला तीन समूहले छुट्टाछुट्टै कायक्रम गर्न लागेका हुन्।
मंगलबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले बालुवाटारमा चियापान, वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सानेपामा पत्रकार सम्मेलन र उपाध्यक्ष वामदेव गौतम समूहले बल्खुमा केन्द्रीय समिति बैठकको आयोजना गरेका छन्।
यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय इन्द्र भण्डारीले एसएमएस पठाएर सबैलाई निमन्त्रणा गरेका छन्। ‘सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यूले पार्टी केन्द्रीय कमिटीको १२ औं बैठकको सन्दर्भमा आयोजना गर्नुभएको चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रममा यहाँको उपस्थितिका लागि हार्दिक अनुरोध छ’, भण्डारीले पठाएको एसएमएसमा भनिएको छ।
प्रधानमन्त्री ओली समूहले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय सदस्यहरुका लागि चियापान कार्यक्रमको आयोजना गरेको एक नेताले बताए । बिहान ११ बजेबाट हुने चियापान समारोहमा नेपाल र गौतमपछि भने नजाने घोषणा गरेका छन्।
त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ललितपुरको सानेपास्थिति हेरिटेज गार्डेनमा पत्रकार सम्मेलनको आयोजना गरेको छ। दिउँसो २ बजेका लागि आयोजित पत्रकार सम्मेलनमा नेपाल समूहले चैत ४ र ५ गते आयोजित राष्ट्रिय कार्यकर्ता भेलाका बारेमा जानकारी दिइने एमाले प्रचार विभागका सचिव विष्णु रिजालले जनाकारी दिएका छन्।
त्यस्तै उपाध्यक्ष वामदेव गौतमले बल्खुको रिद्धीसिद्धी पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएका छन्। फागुन २८ गते ओली पक्षले एकपक्षीय ढंगले महाधिवेशन मिति घोषणा गर्ने, केन्द्रीय सदस्य थप गर्ने लगायतका निर्णय गरेपछि गोतमले ओलीसँग एकताको सम्भावना सकिएको बताएका थिए।
मंगलबार दिउँसो एमाले एकता अभियानको बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने केन्द्रीय सदस्य इन्दिरा पन्तले बताइन्।
‘आजको बैठकमा एमाले एक बनाउने विषयमा छलफल हुन्छ’, पन्तले भनिन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












