भाेलिकाे केन्द्रीय कमिटी बैठकमा हामी सवै उपस्थित हुनुपर्छ : बामदेव
‘अबको केन्द्रीय कमिटीमा हामी उपस्थित हुनुपर्छ, लडाइँ त्यहीबाट सुरु गर्नुपर्छ’
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले शनिबार बोलाएको केन्द्रीय कमिटी बैठकमा आफूहरु उपस्थित हुनुपर्ने बताएका छन्।
अहिले ओलीको विरुद्ध संघर्ष गरिरहेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहिताका नेताहरु पनि उक्त बैठकमा उपस्थित हुनुपर्ने उनले बताए।
शुक्रबार ललितपुरमा अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै गाैतमले भने, ‘अबको केन्द्रीय कमिटीमा हामी उपस्थित हुनुपर्छ। लडाइँ त्यहीबाट सुरु गर्नुपर्छ।’
उनले प्रधानमन्त्री ओलीले फागुन २८ गते गरेकाे निर्णय फिर्ता लिन त्यही बैठकमा दबाब दिनुपर्ने धारणा राखेका छन्। उनको भनाइ छ, ‘लडाइँ त्यहाँबाट सुरु गर्नुपर्छ। सत्यको पक्षमा बहुमत नभए पनि हामी निरन्तर लडाइँ गर्नेछौं। म अल्पमतमा परेको मान्छेले आफूखुशी गर्छु भन्नुहुन्न।’
प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल र खनाल दुवै उत्तिकै दोषी रहेको पनि गाैतमले बताएका छन्। खनाल–नेपाल पक्षको राष्ट्रिय भेलाबाट आगामी बैठकमा भाग लिने निर्णय भएको उनको दाबी छ। उनले भने, ‘अब आइन्दा बैठकमा भाग लिने गरी निर्णय गर्नुपर्छ भनेको थिएँ। त्यही निर्णय गर्नुभएछ। पार्टी जोगिने देखियो।’
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरे पनि तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र खनाल–नेपालले भित्रै संघर्ष गर्नुपर्ने धारणा उनले राखे। उनले भने, ‘मेरो विचारमा विघटन गरे पनि उहाँहरु सँगै जानुपर्थ्याे । एकजना नेताले शक्तिको दुरुपयोग गर्नुभएको थियो। त्यहीँभित्र बसेर हामीले संघर्ष गर्नुपर्दथ्यो। पार्टी जोगिन सक्थ्यो।’
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











