भाेलिकाे केन्द्रीय कमिटी बैठकमा हामी सवै उपस्थित हुनुपर्छ : बामदेव
‘अबको केन्द्रीय कमिटीमा हामी उपस्थित हुनुपर्छ, लडाइँ त्यहीबाट सुरु गर्नुपर्छ’
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले शनिबार बोलाएको केन्द्रीय कमिटी बैठकमा आफूहरु उपस्थित हुनुपर्ने बताएका छन्।
अहिले ओलीको विरुद्ध संघर्ष गरिरहेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहिताका नेताहरु पनि उक्त बैठकमा उपस्थित हुनुपर्ने उनले बताए।
शुक्रबार ललितपुरमा अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै गाैतमले भने, ‘अबको केन्द्रीय कमिटीमा हामी उपस्थित हुनुपर्छ। लडाइँ त्यहीबाट सुरु गर्नुपर्छ।’
उनले प्रधानमन्त्री ओलीले फागुन २८ गते गरेकाे निर्णय फिर्ता लिन त्यही बैठकमा दबाब दिनुपर्ने धारणा राखेका छन्। उनको भनाइ छ, ‘लडाइँ त्यहाँबाट सुरु गर्नुपर्छ। सत्यको पक्षमा बहुमत नभए पनि हामी निरन्तर लडाइँ गर्नेछौं। म अल्पमतमा परेको मान्छेले आफूखुशी गर्छु भन्नुहुन्न।’
प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल र खनाल दुवै उत्तिकै दोषी रहेको पनि गाैतमले बताएका छन्। खनाल–नेपाल पक्षको राष्ट्रिय भेलाबाट आगामी बैठकमा भाग लिने निर्णय भएको उनको दाबी छ। उनले भने, ‘अब आइन्दा बैठकमा भाग लिने गरी निर्णय गर्नुपर्छ भनेको थिएँ। त्यही निर्णय गर्नुभएछ। पार्टी जोगिने देखियो।’
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरे पनि तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र खनाल–नेपालले भित्रै संघर्ष गर्नुपर्ने धारणा उनले राखे। उनले भने, ‘मेरो विचारमा विघटन गरे पनि उहाँहरु सँगै जानुपर्थ्याे । एकजना नेताले शक्तिको दुरुपयोग गर्नुभएको थियो। त्यहीँभित्र बसेर हामीले संघर्ष गर्नुपर्दथ्यो। पार्टी जोगिन सक्थ्यो।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












