निश्चित व्यक्ति प्रधानमन्त्री बन्न नपाए त्यसैलाई प्रतिगमन भन्न थालिएको छ : मन्त्री ज्ञवाली
काठमाडाैँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निश्चित व्यक्तिको प्रधानमन्त्री बन्ने सपना पूरा भएन भने त्यसैलाई प्रतिगमन भनेर व्याख्या गर्ने गरिएको बताएका छन्।
आज प्रतिनिधि सभा बैठकमा दलका तर्फबाट बोलेका ज्ञवालीले भने, ‘निश्चित व्यक्तिको प्रधानमन्त्री बन्ने सपना पूरा भएन भने त्यसैलाई प्रतिगमन भनेर व्याख्या गर्ने त्यो खालको नयाँ भास्य पनि हामीकहाँ छ। तर जनताका लागि देशले हासिल गरेका सफलता अग्रगमन हुन् भन्ने लाग्छ।’
उनले निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन र पदमा पुग्न नपाउँदा प्रतिगमन हुने? भन्ने प्रश्न पनि गरेका छन्।
‘एउटा शब्द चर्चामा आयो, निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन हुने तर पदमा पुग्न नपाउँदा प्रतिगमन हुने? हाम्रा निम्ति काठमाडौंका जनताले पानी खान पाउनुजस्तो अग्रगमन केही हुन सक्दैन।’
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि दलहरूले प्रतिगमन गरेको भन्दै विरोध गरेका थिए। सर्वोच्चले प्रधानमन्त्री ओलीको कदम बदर गरिदिएपछि प्रतिनिधि सभा पुनर्स्थापना भएको थियो।
पुनर्स्थापित प्रतिनिधि सभाको चौथो बैठकमा आज बोलेका मन्त्री ज्ञवालीले सरकारले यसबीचमा दुइटै मुद्दा हारे पनि अदालतको आलोचना नगरेको बताए।
‘सरकारको हिसावले भन्ने हो भने, प्रधानमन्त्रीको हिसावले भन्ने हो भने हामी दुइटै मुद्दा हारेका छौं। मुद्दा हारे पनि हामीले अदालतलाई कुनै आलोचना वा आछेप लगाएका छौं न कुनै ढंगले अगाडि बढेका छौं,’ उनले भने।
अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएको थियो। एमाले तथा माओवादी एकीकरण गरी बनाएको नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको पनि सर्वोच्चले फैसला गरिदिएको थियो। यसतर्फ संकेत गर्दै ज्ञवालीले दुवै मुद्दा हारेको उल्लेख गरेका हुन्।
उनले सरकारका तर्फबाट ल्याइएका विधेयकहरू संसदमा टेबुल गर्न नपाएको पनि बताए। संसदको पहिलो बैठकमा अध्यादेश पेश गर्न नदिइएको उनको भनाइ थियो।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












