निश्चित व्यक्ति प्रधानमन्त्री बन्न नपाए त्यसैलाई प्रतिगमन भन्न थालिएको छ : मन्त्री ज्ञवाली
काठमाडाैँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निश्चित व्यक्तिको प्रधानमन्त्री बन्ने सपना पूरा भएन भने त्यसैलाई प्रतिगमन भनेर व्याख्या गर्ने गरिएको बताएका छन्।
आज प्रतिनिधि सभा बैठकमा दलका तर्फबाट बोलेका ज्ञवालीले भने, ‘निश्चित व्यक्तिको प्रधानमन्त्री बन्ने सपना पूरा भएन भने त्यसैलाई प्रतिगमन भनेर व्याख्या गर्ने त्यो खालको नयाँ भास्य पनि हामीकहाँ छ। तर जनताका लागि देशले हासिल गरेका सफलता अग्रगमन हुन् भन्ने लाग्छ।’
उनले निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन र पदमा पुग्न नपाउँदा प्रतिगमन हुने? भन्ने प्रश्न पनि गरेका छन्।
‘एउटा शब्द चर्चामा आयो, निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन हुने तर पदमा पुग्न नपाउँदा प्रतिगमन हुने? हाम्रा निम्ति काठमाडौंका जनताले पानी खान पाउनुजस्तो अग्रगमन केही हुन सक्दैन।’
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि दलहरूले प्रतिगमन गरेको भन्दै विरोध गरेका थिए। सर्वोच्चले प्रधानमन्त्री ओलीको कदम बदर गरिदिएपछि प्रतिनिधि सभा पुनर्स्थापना भएको थियो।
पुनर्स्थापित प्रतिनिधि सभाको चौथो बैठकमा आज बोलेका मन्त्री ज्ञवालीले सरकारले यसबीचमा दुइटै मुद्दा हारे पनि अदालतको आलोचना नगरेको बताए।
‘सरकारको हिसावले भन्ने हो भने, प्रधानमन्त्रीको हिसावले भन्ने हो भने हामी दुइटै मुद्दा हारेका छौं। मुद्दा हारे पनि हामीले अदालतलाई कुनै आलोचना वा आछेप लगाएका छौं न कुनै ढंगले अगाडि बढेका छौं,’ उनले भने।
अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएको थियो। एमाले तथा माओवादी एकीकरण गरी बनाएको नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको पनि सर्वोच्चले फैसला गरिदिएको थियो। यसतर्फ संकेत गर्दै ज्ञवालीले दुवै मुद्दा हारेको उल्लेख गरेका हुन्।
उनले सरकारका तर्फबाट ल्याइएका विधेयकहरू संसदमा टेबुल गर्न नपाएको पनि बताए। संसदको पहिलो बैठकमा अध्यादेश पेश गर्न नदिइएको उनको भनाइ थियो।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












