‘प्रधानमन्त्रीज्यूसँग छलफल गरेरै राजीनामा दिएको हुँ, अब राजनीतिमै फर्कन्छु’
काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन्।
आफ्नै कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै महान्यायाधिवक्ता खरेलले राजीनामा दिएको बताएका हुन्। ‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग छलफल गरेरै राजीनामा दिएको हुँ, उनले भने, ‘उहाँसँग मेरो सम्बन्ध राम्रो छ।’
प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा प्रतिरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली उनीसँग असन्तुष्ट रहेको चर्चा भएको थियो। उनले यसअघि भएका त्यस्ता चर्चामा कुनै सत्यता नरहेको बताए।
उनले एमालेकै राजनीतिमा फर्कने बताएका छन्। ‘विगतमा जताबाट आएको थिएँ त्यतैतिर फर्कने इच्छा र आशयका साथ राजीनामा दिएको हुँ।’ उनले भने।
महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हो । वरिष्ठ अधिवक्ता खरेल दुवै संविधानसभामा नेकपा एमालेका तर्फबाट सदस्य थिए। मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले खरेललाई २०७४ फागुन ८ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्।
पत्रकार सम्मेलनमा बोल्दै खरेलले आफू राजनीतिक पृष्ठभूमिको मान्छे भएपनि महान्यायाधिवक्ता कार्यालयलाई व्यवसायिक बनाउनुपर्ने बताए। तीन वर्षको कार्यकालमा संस्थागत सुधारमा जोड दिएको भन्दै उनले देशभर महान्यायाधिवक्ता कार्यालयको ३८ भवन आफूले उद्घाटन गरेको र ११ वटा शिलान्यास गरेको बताए।
दरबन्दी बढाइए पनि अहिले सरकारी वकिलको जनशक्ति कम रहेको उनले जानकारी दिए । अपराध गर्ने प्रवृत्ति बढ्दो रहेको र देशभरका कारागारको अवस्था अनुगमन गर्दा दयनीय पाइएको उनले बताए । ‘कारागारमा मान्छे थुप्रिएर, चुलिएर पोखिने अवस्थामा छन् । उनले भने, कारागारको सुधारलाई प्राथमिकता दिनुपर्छ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












