‘प्रधानमन्त्रीज्यूसँग छलफल गरेरै राजीनामा दिएको हुँ, अब राजनीतिमै फर्कन्छु’
काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन्।
आफ्नै कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै महान्यायाधिवक्ता खरेलले राजीनामा दिएको बताएका हुन्। ‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग छलफल गरेरै राजीनामा दिएको हुँ, उनले भने, ‘उहाँसँग मेरो सम्बन्ध राम्रो छ।’
प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा प्रतिरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली उनीसँग असन्तुष्ट रहेको चर्चा भएको थियो। उनले यसअघि भएका त्यस्ता चर्चामा कुनै सत्यता नरहेको बताए।
उनले एमालेकै राजनीतिमा फर्कने बताएका छन्। ‘विगतमा जताबाट आएको थिएँ त्यतैतिर फर्कने इच्छा र आशयका साथ राजीनामा दिएको हुँ।’ उनले भने।
महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हो । वरिष्ठ अधिवक्ता खरेल दुवै संविधानसभामा नेकपा एमालेका तर्फबाट सदस्य थिए। मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले खरेललाई २०७४ फागुन ८ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्।
पत्रकार सम्मेलनमा बोल्दै खरेलले आफू राजनीतिक पृष्ठभूमिको मान्छे भएपनि महान्यायाधिवक्ता कार्यालयलाई व्यवसायिक बनाउनुपर्ने बताए। तीन वर्षको कार्यकालमा संस्थागत सुधारमा जोड दिएको भन्दै उनले देशभर महान्यायाधिवक्ता कार्यालयको ३८ भवन आफूले उद्घाटन गरेको र ११ वटा शिलान्यास गरेको बताए।
दरबन्दी बढाइए पनि अहिले सरकारी वकिलको जनशक्ति कम रहेको उनले जानकारी दिए । अपराध गर्ने प्रवृत्ति बढ्दो रहेको र देशभरका कारागारको अवस्था अनुगमन गर्दा दयनीय पाइएको उनले बताए । ‘कारागारमा मान्छे थुप्रिएर, चुलिएर पोखिने अवस्थामा छन् । उनले भने, कारागारको सुधारलाई प्राथमिकता दिनुपर्छ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












