मेस्सीको कीर्तिमानमा बार्सिलोनाको सानदार जित
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र सेर्जिनो डेस्टले दुई दुई गोल गरे । एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले एक एक गोल गरे ।
सोसिडाडका एण्डरले रक गोल फर्काए ।
सोसिडाडको मैदानमा ग्रीजम्यानले ३७ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
४३ औं मिनेटमा डेस्टले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २-० ले अघि रह्यो ।
खेलको ५३ औं मिनेटमा डेस्टले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको अग्रता ३-० को बन्यो ।
५६ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई ४-० को अग्रता दिलाए ।
खेलको ५१ औं मिनेटमा डेम्बेलेले गोल गर्दा बार्सिलोना ५-० ले अघि रह्यो ।
खेलको ७७ औं मिनेटमा एण्डरले घरेलु टोलीका लागि एक गोल फर्काए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ६-१ को जित दिलाए ।
यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन् ।
मेस्सी बार्सिलोनाका लागि ७ सय ६८ खेल खेल्दै क्लबका लागि सर्वाधिक धेरै खेल्ने खेलाडी बनेका हुन् ।
मेस्सीले पूर्व खेलाडी जाभीको कीर्तिमान भङ्ग गरेका हुन् ।
जितपछि बार्सिलोना लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ ।
बार्सिलोनाले २८ खेलमा ६२ अंक जोडेको छ ।
सोसिडाड ४५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
अर्को खेलमा एट्लेटिको मड्रिडले डिपोर्टिभो अल्भेसलाई १-० ले हराएको छ ।
लिग लिडर एट्लेटिकोलाई जित दिलाउन लुइस सुआरेजले निर्णायक गोल गरे ।
एट्लेटिको ६६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












