देउवाले प्रचण्डलाई भने- ‘फेरि कच्चा खेलमा फसिन्छ, त्यसो नगराैँ’
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवासमा भेटे।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा विवाद उत्कर्षमा पुगेपछि र सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रचण्डले देउवालाई सत्ता साझेदारीका लागि बेला-बेलामा भेटिरहेका छन्।
मंगलबार भएको बुढानिकलकण्ठमा देउवासँग झन्डै २० मिनेट भएको कुराकानीमा प्रचण्डले आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिन लागेको उल्लेख गर्दै देउवालाई सरकारको नेतृत्व लिन प्रस्ताव गरेका थिए।
देउवानिकट एक नेताका अनुसार प्रचण्डले प्रधानमन्त्री ओलीलाई अब धेरै समय समर्थन दिन नसकिने बताए।
‘ओलीलाई धेरै समय समर्थन दिन सकिँदैन, सरकारको नेतृत्व लिन अब तपाईं तयार हुनुपर्यो भन्ने प्रचण्डको भनाइ रह्यो,’ ती नेताले भने, ‘हाम्रो गठबन्धनमा नयाँ सरकार बनाएर जानुपर्छ।’
देउवाले समय अझै परिपक्व भइनसकेको पुरानै कुरा दोहोर्याएका थिए। रेशम चौधरीबारे थारू कल्याणकारी सभासँग सरकारले वार्ता गरिरहेको र यो माग जसपाले पनि प्रधानमन्त्री ओलीसँग राखेकोले अहिले नै केही गरिहाल्ने समय नभएको देउवाको भनाइ थियो।
‘जसपाका मागमा प्रधानमन्त्री ओलीले चासो दिइरहेका छन्। वार्ता भइरहेको छ। कुरा मिल्यो भने जसपाले नै ओलीलाई साथ दिन सक्छ भन्नेमा सभापतिजी हुनुहुन्छ,’ ती नेता भन्छन्, ‘हामीले हतार गर्ने तर जसपा एमालेतिर मिल्यो भने फेरि कच्चा खेलमा फसिन्छ। त्यसो नगरौं। ’
प्रचण्डले कर्णाली र सुदुरपश्चिमका मुख्यमन्त्रीहरू हटाउने खेल चलेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई धेरै समय समर्थन दिन नसक्ने बताएको स्रोतको दाबी छ।
यसबारे प्रचण्डनिकट एक शीर्ष नेताले ओलीलाई दिइएको समर्थन फिर्ता लिइने बताए।
‘ओलीलाई दिएको समर्थन छिट्टै फिर्ता लिनुपर्छ भन्नेमा हामी छौं,’ उनले भने, ‘तर विकल्पविना फिर्ता लिँदा राजनीति थप अस्थिर बाटोमा जान्छ कि भनेर केही समय पर्खेका छौं।’
उनले कांग्रेस नयाँ सरकारको नेतृत्व लिनेमा सकरात्मक देखिएको बताए। ‘कांग्रेसले सरकारलाई नेतृत्व दिन्छ। यसबारे ऊ सकरात्मक नै देखिएको छ,’ ती नेता भन्छन्, ‘सधैँ ओलीलाई यसैगरी समर्थन गर्न सकिँदैन भन्नेमा हामी प्रष्ट छौं।’
कांग्रेस सभापति देउवाले बहुमत पुग्दैन कि भन्ने चिन्ता गरेकोले नयाँ सरकार गठन गर्न ढिलाइ भइरहेको उनको भनाइ छ। ‘कांग्रेस, जसपा र माओवादी केन्द्र भए सरकार बन्छ,’ उनले भने, ‘ओलीले प्रतिगमन गरेकोले उनलाई जसपाले साथ दिँदैन भन्नेमा हामी छौं।’
संसदमा एमालेका १२१ सांसद छन्। जसपाका ३२ सांसद छन्, दुई जना निलम्बनमा छन्। कांग्रेसका ६३ मध्ये अहिले ६१ सांसद छन्, दुई जना निलम्बनमा छन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा एक महिनाभित्र प्रधानमन्त्री ओलीले संसदमा बहुमत देखाउनुपर्छ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












