देउवाले प्रचण्डलाई भने- ‘फेरि कच्चा खेलमा फसिन्छ, त्यसो नगराैँ’
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवासमा भेटे।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा विवाद उत्कर्षमा पुगेपछि र सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रचण्डले देउवालाई सत्ता साझेदारीका लागि बेला-बेलामा भेटिरहेका छन्।
मंगलबार भएको बुढानिकलकण्ठमा देउवासँग झन्डै २० मिनेट भएको कुराकानीमा प्रचण्डले आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिन लागेको उल्लेख गर्दै देउवालाई सरकारको नेतृत्व लिन प्रस्ताव गरेका थिए।
देउवानिकट एक नेताका अनुसार प्रचण्डले प्रधानमन्त्री ओलीलाई अब धेरै समय समर्थन दिन नसकिने बताए।
‘ओलीलाई धेरै समय समर्थन दिन सकिँदैन, सरकारको नेतृत्व लिन अब तपाईं तयार हुनुपर्यो भन्ने प्रचण्डको भनाइ रह्यो,’ ती नेताले भने, ‘हाम्रो गठबन्धनमा नयाँ सरकार बनाएर जानुपर्छ।’
देउवाले समय अझै परिपक्व भइनसकेको पुरानै कुरा दोहोर्याएका थिए। रेशम चौधरीबारे थारू कल्याणकारी सभासँग सरकारले वार्ता गरिरहेको र यो माग जसपाले पनि प्रधानमन्त्री ओलीसँग राखेकोले अहिले नै केही गरिहाल्ने समय नभएको देउवाको भनाइ थियो।
‘जसपाका मागमा प्रधानमन्त्री ओलीले चासो दिइरहेका छन्। वार्ता भइरहेको छ। कुरा मिल्यो भने जसपाले नै ओलीलाई साथ दिन सक्छ भन्नेमा सभापतिजी हुनुहुन्छ,’ ती नेता भन्छन्, ‘हामीले हतार गर्ने तर जसपा एमालेतिर मिल्यो भने फेरि कच्चा खेलमा फसिन्छ। त्यसो नगरौं। ’
प्रचण्डले कर्णाली र सुदुरपश्चिमका मुख्यमन्त्रीहरू हटाउने खेल चलेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई धेरै समय समर्थन दिन नसक्ने बताएको स्रोतको दाबी छ।
यसबारे प्रचण्डनिकट एक शीर्ष नेताले ओलीलाई दिइएको समर्थन फिर्ता लिइने बताए।
‘ओलीलाई दिएको समर्थन छिट्टै फिर्ता लिनुपर्छ भन्नेमा हामी छौं,’ उनले भने, ‘तर विकल्पविना फिर्ता लिँदा राजनीति थप अस्थिर बाटोमा जान्छ कि भनेर केही समय पर्खेका छौं।’
उनले कांग्रेस नयाँ सरकारको नेतृत्व लिनेमा सकरात्मक देखिएको बताए। ‘कांग्रेसले सरकारलाई नेतृत्व दिन्छ। यसबारे ऊ सकरात्मक नै देखिएको छ,’ ती नेता भन्छन्, ‘सधैँ ओलीलाई यसैगरी समर्थन गर्न सकिँदैन भन्नेमा हामी प्रष्ट छौं।’
कांग्रेस सभापति देउवाले बहुमत पुग्दैन कि भन्ने चिन्ता गरेकोले नयाँ सरकार गठन गर्न ढिलाइ भइरहेको उनको भनाइ छ। ‘कांग्रेस, जसपा र माओवादी केन्द्र भए सरकार बन्छ,’ उनले भने, ‘ओलीले प्रतिगमन गरेकोले उनलाई जसपाले साथ दिँदैन भन्नेमा हामी छौं।’
संसदमा एमालेका १२१ सांसद छन्। जसपाका ३२ सांसद छन्, दुई जना निलम्बनमा छन्। कांग्रेसका ६३ मध्ये अहिले ६१ सांसद छन्, दुई जना निलम्बनमा छन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा एक महिनाभित्र प्रधानमन्त्री ओलीले संसदमा बहुमत देखाउनुपर्छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












