राजनीतिले कोल्टो फेर्यो, अब छिट्टै नयाँ सरकार बन्छ : प्रचण्ड
काठमाडाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘प्रधानमन्त्रीको राजीनामा मान्ने र सरकार गठनका लागि पहल गर्ने’ निर्णयसँगै देशको राजनीतिले कोल्टो फेरेको बताएका छन्।
शनिबार कपिलवस्तुमा पार्टीको जिल्लास्तरीय प्रशिक्षण र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक घटनाक्रम फेरिएको बताएका हुन्।
‘हिजो र आजसम्मको काठमाडौँको राजनीतिक घटनाक्रम अलिकति फेरियो। खासगरी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामाको माग गरेपछि र अर्को सरकार गठनको पहल गर्ने निणय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ’, प्रचण्डले भने।
उनले आफू नयाँ सरकार गठनको पहल गर्नुपर्ने भए पनि आफू पूर्व निर्धारित कार्यक्रम भएका कारण कपिलबस्तु आएको बताए। उनले आफू कार्यक्रमलगत्तै काठमाडौँ फर्कने र नयाँ सरकार गठनका लागि पहल लिने समेत बताए।
उनले कांग्रेसको निर्णयले नयाँ सरकार गठनको बाटो खोलेको र अब छिट्टै नयाँ सरकार बन्ने विश्वास समेत व्यक्त गरे।
‘देशको राजनीतिले कोल्टो फेरेको छ, तपाईंहरुलाई सबैलाई बधाई छ’, अध्यक्ष प्रचण्डले भने, ‘सम्भवत् अब छिट्टै नयाँ सरकार बन्ने छ, नयाँ परिस्थिति बन्ने छ।’
अर्को प्रसँगमा अध्यक्ष प्रचण्डले कोरोनाका कारण नेपाल भारत सीमामा गरिएको अबरोध हटाउन आफूले पहल गर्ने बताए। उनले आफू मधेसको समस्यासँग परिचित रहेको भन्दै नयाँ सरकार गठन र त्यसअघि पनि मधेसका समस्या समधान गर्न आफू तयार रहेको बताए।
‘मलाई मधेसमा केके समस्या छन् सबै थाहा छ। यहाँ सीमामा समस्या छ, मलखाद र सिंचाइको समस्या छ, महिलाहिंसाको समस्या छ अनि रोगव्याधीको समस्या छ’, प्रचण्डले भने, ‘सबै समस्या नयाँ सरकार गठन हुनेबित्तिकै समाधान हुनेछ ।’
उनले १० वर्षे जनयुद्ध, मधेस विद्रोहका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान निर्माण भएको दावी गर्दै जनयुद्धमा मधेसी जनताका छोराछोरीले गरेको बलिदानी र त्यागका लागि धन्यवाद समेत दिए।
उनले आफूहलाई मधेसवादी भन्ने दलहरु अहिले मधेस विरोधी प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्न खोजेको भन्दै सचेत बनाए। उनले जनता समाजवादी पार्टीका अध्यषलाई बालुवाटार घाउन छाडिदिन आग्रह गरेको स्मरण गर्दै ओलीबाट मधेसको समस्या समधान नहुने दावी गरे।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












