राजनीतिले कोल्टो फेर्यो, अब छिट्टै नयाँ सरकार बन्छ : प्रचण्ड
काठमाडाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘प्रधानमन्त्रीको राजीनामा मान्ने र सरकार गठनका लागि पहल गर्ने’ निर्णयसँगै देशको राजनीतिले कोल्टो फेरेको बताएका छन्।
शनिबार कपिलवस्तुमा पार्टीको जिल्लास्तरीय प्रशिक्षण र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक घटनाक्रम फेरिएको बताएका हुन्।
‘हिजो र आजसम्मको काठमाडौँको राजनीतिक घटनाक्रम अलिकति फेरियो। खासगरी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामाको माग गरेपछि र अर्को सरकार गठनको पहल गर्ने निणय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ’, प्रचण्डले भने।
उनले आफू नयाँ सरकार गठनको पहल गर्नुपर्ने भए पनि आफू पूर्व निर्धारित कार्यक्रम भएका कारण कपिलबस्तु आएको बताए। उनले आफू कार्यक्रमलगत्तै काठमाडौँ फर्कने र नयाँ सरकार गठनका लागि पहल लिने समेत बताए।
उनले कांग्रेसको निर्णयले नयाँ सरकार गठनको बाटो खोलेको र अब छिट्टै नयाँ सरकार बन्ने विश्वास समेत व्यक्त गरे।
‘देशको राजनीतिले कोल्टो फेरेको छ, तपाईंहरुलाई सबैलाई बधाई छ’, अध्यक्ष प्रचण्डले भने, ‘सम्भवत् अब छिट्टै नयाँ सरकार बन्ने छ, नयाँ परिस्थिति बन्ने छ।’
अर्को प्रसँगमा अध्यक्ष प्रचण्डले कोरोनाका कारण नेपाल भारत सीमामा गरिएको अबरोध हटाउन आफूले पहल गर्ने बताए। उनले आफू मधेसको समस्यासँग परिचित रहेको भन्दै नयाँ सरकार गठन र त्यसअघि पनि मधेसका समस्या समधान गर्न आफू तयार रहेको बताए।
‘मलाई मधेसमा केके समस्या छन् सबै थाहा छ। यहाँ सीमामा समस्या छ, मलखाद र सिंचाइको समस्या छ, महिलाहिंसाको समस्या छ अनि रोगव्याधीको समस्या छ’, प्रचण्डले भने, ‘सबै समस्या नयाँ सरकार गठन हुनेबित्तिकै समाधान हुनेछ ।’
उनले १० वर्षे जनयुद्ध, मधेस विद्रोहका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान निर्माण भएको दावी गर्दै जनयुद्धमा मधेसी जनताका छोराछोरीले गरेको बलिदानी र त्यागका लागि धन्यवाद समेत दिए।
उनले आफूहलाई मधेसवादी भन्ने दलहरु अहिले मधेस विरोधी प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्न खोजेको भन्दै सचेत बनाए। उनले जनता समाजवादी पार्टीका अध्यषलाई बालुवाटार घाउन छाडिदिन आग्रह गरेको स्मरण गर्दै ओलीबाट मधेसको समस्या समधान नहुने दावी गरे।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












