‘नेपालले अबदेखि सुन्दर फुटबल खेल्नेछ’: मुख्य प्रशिक्षक अलमुताइरी
काठमाडौँ । केही अन्योलताबीच नेपाली राष्ट्रिय फुटबल टिमले आइतबार मुख्य प्रशिक्षक पाएको छ ।
उनी हुन्, कुवेतका अब्दुल्लाह अलमुताइरी । यसअघिका प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कप उपाधि जिताए यता उनले निरन्तरता पाएनन् । अब ४० वर्षीय अल्मुटाइरी कम्तीमा एक वर्षका लागि नेपाली टिम हेर्नेछन् ।
यस समय अवधिमा कम्तीमा विश्वकप छनोट र साफ च्याम्पियनसिपमा नेपाली टिमको नेतृत्व लिनेछन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली ले राष्ट्रिय टिमका प्रशिक्षक हुन प्रो–लाइसेन्स अनिवार्य गरेपछि अल्मुटाइरीको नेपाली फुटबलमा प्रवेश भएको हो । नेपाली मिडियासामु प्रस्तुत हुने क्रममा उनले भने, ‘नेपालले अबदेखि सुन्दर फुटबल खेल्नेछ । हामीले ४–३–३ शैलीमा खेल्नेछ र आक्रामक रहनेछ । मसँग जादुयी उपाय केही पनि छैन्, तर मैले कडा मिहिनेत गर्नेछु । मसँग खेलाडीले पनि उत्तिकै कडा मिहिनेत गर्नु पर्नेछ ।’
उनी कतार फुटबल संघसँगको सहकार्यमा नेपाल आएका हुन् । उनको पारिश्रमिक कतारी फुटबल संघले बेहोर्नेछ र भने नेपाल बसाइको खर्च भने अखिल नेपाल फुटबल संघ (एन्फा) को हुनेछ । उनले भने,‘म नेपालीका लागि आएको हुँ । म उनीहरूलाई खुसी दिन आएको हुँ । मेरो लागि यो सबैभन्दा ठूलो चुनौती रहेको छ । म अहिले नै नेपालले कुनै ठूलो उपाधि जित्छ भनेर वाचा गर्दिनँ । तर खेलाडीको प्रदर्शन भने राम्रो हुने वचन गर्छुं ।’ उनले नेपाली खेलाडीको स्तर राम्रो भएको पनि बताए ।
उनले थ्री नेसन्स कपको फाइनलमा नेपाली टिमले केही राम्रो देखाएको पनि दाबी गरे । उनले टिमको सम्भावित प्रदर्शनलाई लिएर भने, ‘सबै जिम्मेवारी मेरो हुने छ, खराव भए त्यो मेरो नै जिम्मेवारी हुनेछ, राम्रो भए सबैको हुनेछ ।’
अलमुताइरीले नेपालले साफ च्याम्पिनसिप जित्न आवश्यक रहेको र यसका लागि योग्य पनि भएको बताए ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












