कान्तिपुरको समाचारप्रति गुडविल फाइनान्सका सीईओ तुलाधारको आपत्ति
“को अपरेटिभ र फाइनान्सबीचको भिन्नता छुट्याउन नसक्ने व्यक्ति आर्थिक पत्रकार कसरी बन्न सक्छन्”: सीईओ तुलाधार
काठमाडाैँ । गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोज काजि तुलाधारले कान्तिपुरमा प्रकाशित समाचारलाई लिएर आपत्ति जनाएका छन्।
अरु सँस्थाको बिषयमा बनेको समाचारमा आफ्नो संस्थाको फोटो र भिडियो हालिएको प्रति असन्तुष्टि जनाउदै सीईओ तुलाधारले आपत्ति जनाएका हुन्।
समाचारमा देखाईएको फोटो तथा भिडियोलाई लिएर उनले आर्थिक पत्रकारहरुको बुझाई तथा क्षमतामाथि समेत प्रश्न उठाएका छन्। कान्तिपुरले समाचारमा कोअपरेटिभको फोटो तथा भिडियो देखाउनुपर्नेमा उस्तै नाम मिल्ने अर्को आफु नेतृत्त्वको फाइनान्सको फोटो तथा भिडियो प्रयोग गरीएपछि उनले यस्तो प्रश्न उठाएका हुन्।
गुडविल को अपरेटिभसँग सम्बन्धित समाचारमा गुडविल फाइनान्सको फोटो तथा भिडियो देखाईएपछि पत्रकारमाथि सहकारी अर्थात कोअपरेटिभ र फाइनान्सबीचको भिन्नता छुट्याउन नसकेको उनको आरोप छ।
सर्वसाधारणको पैसा हिनामिना गरि गुडविल कोअपरेटिभका संचालक भागेको भन्ने समाचारमा गुडविल फाइनान्सको फोटो तथा भिडियो देखाईएको बिषयलाई लिएर तुलाधारले पत्रकारको बुझाईमाथि प्रश्न गरेका हुन्।
“को अपरेटिभ र फाइनान्सबीचको भिन्नता छुट्याउन नसक्ने व्यक्ति आर्थिक पत्रकार कसरी बन्न सक्छन्” फाइनान्सहरुको छाता संगठन नेपाल बित्त संघका अध्यक्ष समेत रहेका तुलाधारले भने, “को अपरेटिभको समाचारमा फाइनान्सको फोटो तथा भिडियो देखाईएको छ, यसले पत्रकारले को अपरेटिभ र फाइनान्स छुट्याउन नसकेको स्पष्ट हुन्छ, कम्तिमा बित्त तथा आर्थिक क्षेत्रमा कलम चलाउनेहरुले को अपरेटिभ र फाइनान्स छुट्याउन सक्नुपर्छ। ”
उनी अगाडी थप्छन्, “फाइनान्स क्षेत्र आफैंमा सम्बेदनशील क्षेत्र हो, त्यसमा पनि सर्वसाधारणलाई ठगेर संचालक नै फरार भएको भन्ने जस्तो गम्भीर प्रकृतिको समाचारमा एउटा संस्थाको साट्टो अर्को संस्थाको फोटो तथा भिडियो देखाईनु गम्भीर आपत्तिको बिषय हो। “
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












