कान्तिपुरको समाचारप्रति गुडविल फाइनान्सका सीईओ तुलाधारको आपत्ति
“को अपरेटिभ र फाइनान्सबीचको भिन्नता छुट्याउन नसक्ने व्यक्ति आर्थिक पत्रकार कसरी बन्न सक्छन्”: सीईओ तुलाधार
काठमाडाैँ । गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोज काजि तुलाधारले कान्तिपुरमा प्रकाशित समाचारलाई लिएर आपत्ति जनाएका छन्।
अरु सँस्थाको बिषयमा बनेको समाचारमा आफ्नो संस्थाको फोटो र भिडियो हालिएको प्रति असन्तुष्टि जनाउदै सीईओ तुलाधारले आपत्ति जनाएका हुन्।
समाचारमा देखाईएको फोटो तथा भिडियोलाई लिएर उनले आर्थिक पत्रकारहरुको बुझाई तथा क्षमतामाथि समेत प्रश्न उठाएका छन्। कान्तिपुरले समाचारमा कोअपरेटिभको फोटो तथा भिडियो देखाउनुपर्नेमा उस्तै नाम मिल्ने अर्को आफु नेतृत्त्वको फाइनान्सको फोटो तथा भिडियो प्रयोग गरीएपछि उनले यस्तो प्रश्न उठाएका हुन्।
गुडविल को अपरेटिभसँग सम्बन्धित समाचारमा गुडविल फाइनान्सको फोटो तथा भिडियो देखाईएपछि पत्रकारमाथि सहकारी अर्थात कोअपरेटिभ र फाइनान्सबीचको भिन्नता छुट्याउन नसकेको उनको आरोप छ।
सर्वसाधारणको पैसा हिनामिना गरि गुडविल कोअपरेटिभका संचालक भागेको भन्ने समाचारमा गुडविल फाइनान्सको फोटो तथा भिडियो देखाईएको बिषयलाई लिएर तुलाधारले पत्रकारको बुझाईमाथि प्रश्न गरेका हुन्।
“को अपरेटिभ र फाइनान्सबीचको भिन्नता छुट्याउन नसक्ने व्यक्ति आर्थिक पत्रकार कसरी बन्न सक्छन्” फाइनान्सहरुको छाता संगठन नेपाल बित्त संघका अध्यक्ष समेत रहेका तुलाधारले भने, “को अपरेटिभको समाचारमा फाइनान्सको फोटो तथा भिडियो देखाईएको छ, यसले पत्रकारले को अपरेटिभ र फाइनान्स छुट्याउन नसकेको स्पष्ट हुन्छ, कम्तिमा बित्त तथा आर्थिक क्षेत्रमा कलम चलाउनेहरुले को अपरेटिभ र फाइनान्स छुट्याउन सक्नुपर्छ। ”
उनी अगाडी थप्छन्, “फाइनान्स क्षेत्र आफैंमा सम्बेदनशील क्षेत्र हो, त्यसमा पनि सर्वसाधारणलाई ठगेर संचालक नै फरार भएको भन्ने जस्तो गम्भीर प्रकृतिको समाचारमा एउटा संस्थाको साट्टो अर्को संस्थाको फोटो तथा भिडियो देखाईनु गम्भीर आपत्तिको बिषय हो। “
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












