रूकुम पुगेर प्रचण्डले भने- मलाई बम हान्नेलाई गृहमन्त्री बनाएर गल्ती गरें, अब त्यस्तो गर्दिनँ
काठमाडाैं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पश्चिम रुकुम पुगेका छन्।
आर्थिक समृद्वि,सामाजिक,सांस्कृतिक रुपान्तरणका लागि जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पुगेका अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरबाट अनेक षडयन्त्र भएको भन्दै नेपाली जनतालाई फेरि विभेद अपमान गर्ने षडयन्त्र भइरहेको बताए। आफूहरू त्यसविरुद्ध लडिरहेको पनि उनले बताए।
सम्बोधनको सुरुमा उनले भने, ‘रुकुमी जनतालाई भेट्नलाई रैछ यहाँ त तुँवालो लागेको रहेनछ। आउन ढिला भयो।’ नेपालगन्जमै अड्किनुपर्ने हो कि भन्ने लागेको भए पनि रुकुम आउन पाएको भन्दै उनले खुसी व्यक्त गरे।
संविधान लेख्न र संविधानसभाबाट संविधान बनाउने अवसर आफूलाई आएको र त्यो आफूले गरेको प्रति उनले गर्व गरे। कम्युनिष्ट एकता आवश्यक भएको भन्दै समाजवादको निर्माण गर्दै सबैलाई विकासको फल दिने ऐतिहासिक अवसर आफ्नै प्रस्ताव गएको उनले दाबी गरे। र कम्युनिष्ट एकता पनि आफ्नै पहलमा भएको उनले जिकिर गरे।
जनयुद्ध र यसको उपलब्धि उल्ट्याउन जाली फटाहरू लागिपरेको भन्दै संसद् विघटन प्रतिक्रान्तिको सुरुवात भएको पनि उनले बताए। त्यसको विद्रोह गर्न देशभरका जनतालाई यसको विरोध गर्न अपिल गरेको पनि स्मरण गरे।
अबको यो प्रतिक्रियाविरुद्ध लडाइँ हतियारबिनाको नयाँ युद्ध भएको पनि उनको भनाइ थियो। रक्तपातको लडाइँ नभएको र हिंसामा आफू नगए पनि पनि यो नयाँ जनयुद्धको सुरुवात भएको उनले बताए।
झण्डै सवा दुई महिना यो आन्दोलन चलाउन पर्दा आफूलाई थोरै शंका लागे पनि व्यवहारमा देशभर जाँदा जनता प्रतिगमनविरुद्ध आफ्नो पार्टीलाई साथ दिन तयार रहेको पाएको उनले बताए। जसका कारण संविधान बचेको पनि उनले बताए। तर उपलब्धिमाथि प्रहार गर्ने षड्यन्त्र अझै जारी रहेको उनले बताए।
काठमाडौं बसेर यसविरुद्ध लडे पनि प्रतिफल राम्रो नआएको उनको भनाइ थियो। ‘सिंहदरबारभित्र बसेर कहिले योसँग कहिले त्योसँग सहकार्य गरेका छौं, यो षडयन्त्रलाई परास्त्र गर्ने तागत हामीलाई साथ दिने जनताले मात्रै यो प्रतिगमन रोक्न सक्छन्,’ उनले भने, ‘अब प्रचण्डले केही गर्न सक्दैनन् यो संविधान उल्टाइदिएहुन्छ भन्ने केही केही मान्छेले सोचेका छन् म ती मान्छेलाई भन्छु, मसँग क्रान्तिकारी जनताको साथ छ भन्छु।’
अब म थोरै समय काठमाडौं र धेरै समय जिल्ला रहन्छु भन्दै जनताले दिएको ऊर्जाले म कुनै हालतमा झुक्ने छैन। उनले रुकुमका केही गाउँ घुम्न चाहेको उनले बताए। आर्थिक र कृषि विकासका लागि र सांस्कृतिक विकास गर्न, समाजवादी विकास गर्दै जाने उनले बताए। केन्द्रको अधिकार गाउँमा ल्याउने उनले बाचा गरे।
जनताको तागतबाहेक कसैले प्रतिगमनलाई परास्त गर्न नसक्ने पनि उनले बताए। आफू थोरै आत्मआलोचन गर्न पनि आएको उनले स्पष्ट पनि पारे। राष्ट्रको हितमाथि आफूले दायाबायाँ नगरेको आफूले सोच्नै नसक्ने उनको भनाइ थियो।
आफूलाई जस्तोसुकै सहयोग गर्ने साथीहरू ओझेलमा परेका पनि उनले बताए। रामबहादुर थापालाई गृहमन्त्री बनाएकोमा उनले आफूलाई गल्ती गरेको महसुस भएको भएको बताए। उनले थापालाई ‘बिकाउ माल’ को संज्ञा दिए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












