रूकुम पुगेर प्रचण्डले भने- मलाई बम हान्नेलाई गृहमन्त्री बनाएर गल्ती गरें, अब त्यस्तो गर्दिनँ
काठमाडाैं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पश्चिम रुकुम पुगेका छन्।
आर्थिक समृद्वि,सामाजिक,सांस्कृतिक रुपान्तरणका लागि जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पुगेका अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरबाट अनेक षडयन्त्र भएको भन्दै नेपाली जनतालाई फेरि विभेद अपमान गर्ने षडयन्त्र भइरहेको बताए। आफूहरू त्यसविरुद्ध लडिरहेको पनि उनले बताए।
सम्बोधनको सुरुमा उनले भने, ‘रुकुमी जनतालाई भेट्नलाई रैछ यहाँ त तुँवालो लागेको रहेनछ। आउन ढिला भयो।’ नेपालगन्जमै अड्किनुपर्ने हो कि भन्ने लागेको भए पनि रुकुम आउन पाएको भन्दै उनले खुसी व्यक्त गरे।
संविधान लेख्न र संविधानसभाबाट संविधान बनाउने अवसर आफूलाई आएको र त्यो आफूले गरेको प्रति उनले गर्व गरे। कम्युनिष्ट एकता आवश्यक भएको भन्दै समाजवादको निर्माण गर्दै सबैलाई विकासको फल दिने ऐतिहासिक अवसर आफ्नै प्रस्ताव गएको उनले दाबी गरे। र कम्युनिष्ट एकता पनि आफ्नै पहलमा भएको उनले जिकिर गरे।
जनयुद्ध र यसको उपलब्धि उल्ट्याउन जाली फटाहरू लागिपरेको भन्दै संसद् विघटन प्रतिक्रान्तिको सुरुवात भएको पनि उनले बताए। त्यसको विद्रोह गर्न देशभरका जनतालाई यसको विरोध गर्न अपिल गरेको पनि स्मरण गरे।
अबको यो प्रतिक्रियाविरुद्ध लडाइँ हतियारबिनाको नयाँ युद्ध भएको पनि उनको भनाइ थियो। रक्तपातको लडाइँ नभएको र हिंसामा आफू नगए पनि पनि यो नयाँ जनयुद्धको सुरुवात भएको उनले बताए।
झण्डै सवा दुई महिना यो आन्दोलन चलाउन पर्दा आफूलाई थोरै शंका लागे पनि व्यवहारमा देशभर जाँदा जनता प्रतिगमनविरुद्ध आफ्नो पार्टीलाई साथ दिन तयार रहेको पाएको उनले बताए। जसका कारण संविधान बचेको पनि उनले बताए। तर उपलब्धिमाथि प्रहार गर्ने षड्यन्त्र अझै जारी रहेको उनले बताए।
काठमाडौं बसेर यसविरुद्ध लडे पनि प्रतिफल राम्रो नआएको उनको भनाइ थियो। ‘सिंहदरबारभित्र बसेर कहिले योसँग कहिले त्योसँग सहकार्य गरेका छौं, यो षडयन्त्रलाई परास्त्र गर्ने तागत हामीलाई साथ दिने जनताले मात्रै यो प्रतिगमन रोक्न सक्छन्,’ उनले भने, ‘अब प्रचण्डले केही गर्न सक्दैनन् यो संविधान उल्टाइदिएहुन्छ भन्ने केही केही मान्छेले सोचेका छन् म ती मान्छेलाई भन्छु, मसँग क्रान्तिकारी जनताको साथ छ भन्छु।’
अब म थोरै समय काठमाडौं र धेरै समय जिल्ला रहन्छु भन्दै जनताले दिएको ऊर्जाले म कुनै हालतमा झुक्ने छैन। उनले रुकुमका केही गाउँ घुम्न चाहेको उनले बताए। आर्थिक र कृषि विकासका लागि र सांस्कृतिक विकास गर्न, समाजवादी विकास गर्दै जाने उनले बताए। केन्द्रको अधिकार गाउँमा ल्याउने उनले बाचा गरे।
जनताको तागतबाहेक कसैले प्रतिगमनलाई परास्त गर्न नसक्ने पनि उनले बताए। आफू थोरै आत्मआलोचन गर्न पनि आएको उनले स्पष्ट पनि पारे। राष्ट्रको हितमाथि आफूले दायाबायाँ नगरेको आफूले सोच्नै नसक्ने उनको भनाइ थियो।
आफूलाई जस्तोसुकै सहयोग गर्ने साथीहरू ओझेलमा परेका पनि उनले बताए। रामबहादुर थापालाई गृहमन्त्री बनाएकोमा उनले आफूलाई गल्ती गरेको महसुस भएको भएको बताए। उनले थापालाई ‘बिकाउ माल’ को संज्ञा दिए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












