पत्रकार महासंघको निर्वाचन : यस्तो छ अहिलेसम्मको मतपरिणाम
नेपाल पत्रकार महासंघको निर्वाचनको मत गणना जारी छ। अहिलेसम्मको परिणामले विपुल पोखरेलको प्यानल अगाडि देखिएको छ।
यसपालि पहिलोपटक भएको पत्रकार महासंघको प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायत दलनिकट पत्रकार संगठनबाट विपुल पाखरेलको प्यानल, एमालेकै सत्ता पक्ष अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीनिकट प्रेस चौतारीबाट निर्मला शर्माको प्यानल प्रतिस्पर्धामा छन्। यस्तै स्वतन्त्रबाट गजेन्द्र बुढाथोकीले अध्यक्षमा उम्मेदवारी दिएका छन्।
जसमध्ये पोखरेल प्यानलले ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङ, उदयपुर, रामेछाप, दोलखा, ललितपुर, मकवानपुर, नुवाकोटलगायत जिल्लामा अग्रता लिइरहेको छ। लुम्बिनी र सुदूरपश्चिमका जिल्लामा पनि यही प्यानल अगाडि देखिएको छ।
उता एमालेकै ओलीनिकट प्रेस चौतारीबाट चुनावी मैदानमा रहेको निर्मला शर्मा नेतृत्वको प्यानल केही जिल्लामा मात्र अगाडि भइरहेको छ। यो प्यानलले भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुलीलगायत जिल्लामा अग्रता लिइरहेको हो।
स्वतन्त्रबाट अध्यक्षमा उठेका गजेन्द्र बुढाथोकीले भने अहिलेसम्म कम मात्र मत प्राप्त गरेका छन्।
प्रदेश १
धनकुटामा मतगणना सकिएको छ। जहाँ विपुल पोखरेलले ८३, निर्मला शर्माले ३३ र गजेन्द्र बुढाथोकीले ३ मत प्राप्त गरेका छन्।
यस्तै वरिष्ठ उपाध्यक्षमा पोखरेल प्यानलका रमेश विष्टले ८२ र शर्मा प्यानलका माधव नेपालले ३३ मत ल्याएका छन्।
महासचिवमा रोशन पुरीले ७६, बाकलकृष्ण बस्नेतले ३३ र सुबोध गौतमले ६ मत प्राप्त गरेका छन्।
धनकुटामा पोखरेल प्यानलका सबै उम्मेदवार अगाडि देखिएका छन्।
उदयपुरमा सम्पन्न मतगणनाअनुसार विपुल पोखरेलले ४४, निर्मला शर्माले ३८ र गजेन्द्र बुढाथोकीले १० मत प्राप्त गरेका छन्।
वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले ५६ र माधव नेपालले २२ मत पाएका छन्। महासचिवमा रोशन पुरीले ४८, बालकृष्ण बस्नेतले ३५ र सुबोध गौतमले ४ मत पाएका छन्।
सोलुखम्बुमा पनि मतगणना सकिएको छ। जहाँ अध्यक्षका उम्मेदवार विपुल पोखरेलले ३२ र निर्मला शर्माले २५ मत पाएका छन्। ओखलढुंगामा पोखरेलले १८ मत ल्याउँदा शर्माले २५ मत प्राप्त गरेकी छन्। भोजुपुरमा पोखरेलले १९ र शर्माले २० मत पाएका छन।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशका सबैजसो जिल्लामा पोखरेल प्यानल अगाडि छ। उसले जिल्ला, प्रदेश र केन्द्र तीनै तहमा अग्रता लिएको छ।
गुल्मीमा केन्द्रीय अध्यक्षका उम्मेदवार विपुल पोखरेलले ३९ र निर्मला शर्माले १९ मत पाएका छन्। यस्तै पाल्पामा पोखरेलले ४१ र शर्माले ४७ मत प्राप्त गरेका छन्।
रोल्पामा पोखरेलले ४६ र शर्माले २८ मत ल्याएका छन्। प्रदेश अध्यक्षका उम्मेदवार बसन्त गिरीले ४७ र भरत केसीले २६ मत पाएका छन्।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशका जिल्लाको मत गणना सकिएको छ। बझाङ, डोटी, डडेल्धुरा र दार्चुलामा गरी पोख्रेलले २०६ तथा शर्माले ११८ मत पाएकी छन्।
बैतडी, बाजुरा र अछामको अन्तिम मत गणना अन्तिम चरणमा पुगेको छ भने कैलाली र कञ्चनपुरमा मत गणना सुरु हुँदै छ।
यसपालि पत्रकार महासंघको निर्वाचन पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको हो। बुधबार सम्पन्न मतदानमा देशभरका १३ हजारभन्दा बढी पत्रकारले जिल्लादेखि केन्द्रसम्मका उम्मेदवारलाई मतदान गरेका हुन्।
महासंघको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाएका हुन्। यसअघि केन्द्रका पदाधिकारीलाई जिल्लाबाट छानिएर आएका पार्षद (प्रतिनिधि) ले मात्र मतदान गर्न पाउँथे।
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












