सांसद बर्खास्तपछि गृहमन्त्रीले आजै सपथ लिने
काठमाडाैं । राष्ट्रिय सभा सदस्यबाट बर्खास्त भएसँगै गृहमन्त्री पद पनि गुमाएका रामबहादुर थापा ‘बादल’ले आजै पुनर्नियुक्ति पाउने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार थापालाई आजै साँझ ५ बजे गृहमन्त्रीका रूपमा पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।
आफ्नो पार्टी परित्याग गरेर नेकपा एमाले (ओली समूह) मा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि उनको राष्ट्रिय सभा-सदस्य पद खारेज भएको हो।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफू निर्वाचित पार्टी छाडेपछि सांसद पद पनि जाने प्रावधानअनुरूप पद खारेज गर्न माओवादी केन्द्रले सूचना गरेपछि संघीय संसदले उनलाई राष्ट्रिय सभाको सदस्य पदबाट हटाएको हो। योसँगै मन्त्री पद पनि स्वतः समाप्त हुने प्रावधान छ। तर सांसद नरहे पनि प्रधानमन्त्रीले ६ महिनासम्मका लागि मन्त्री पदमा भने पुनः नियुक्ति दिन सक्ने संवैधानिक व्यवस्था छ।
Comments
अरु समाचार
-
भारतीय नागरिक, चिनियाँ सिम र ती युवती काजोल
काठमाडौं । राज्यका विभिन्न निकायमा हुने गरेका अनियमितता,राज्य सञ्चालनका क्रममा राजनीतिक तहबाट हुने हस्तक्षेप र सरकारका नीति-निर्णयहरुबारे तीन दशकभन्दा लामो...
-
विद्यालय पोशाकमै विद्यार्थीलाई प्रदर्शनमा उतार्ने योजनाबद्ध प्रयास भएको आयोगको निष्कर्ष
काठमाडौं । गत वर्ष भदौमा भएको जेनजी प्रदर्शनमा विद्यार्थीहरूलाई विद्यालय पोशाकमै सहभागी गराउन योजनाबद्ध रूपमा आह्वान गरिएको खुलासा भएको छ...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
६ सांसदले समयमा सम्पत्ति विवरण बुझाएनन्, पाँच जना रास्वपाका
काठमाडौँ — प्रतिनिधिसभाका ६ जना सांसदले तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन असफल भएका छन्। संघीय संसद् सचिवालयका अनुसार जेठ...
-
पत्रकार किशोर श्रेष्ठलाई धम्क्याउने प्रयासप्रति नेपाल पत्रकार महासंघको आपत्ति
काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारका विषयवस्तुलाई लिएर पत्रकार किशोर श्रेष्ठलाई प्रहरी प्रयोग गरी धरपकड गर्ने प्रयास भएको भन्दै गम्भीर...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
जनआस्था कार्यालयमा नगद र रक्सी प्रकरण: चिनियाँ दूतावासले जनायो आपत्ति
काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाली सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा फैलिएको “चिनियाँ नागरिकले केही पत्रकारलाई घुस दिन खोजेको” भन्ने...
-
सपनामाथि मनोजको प्रतिशोध बारले रोकेपछि….
काठमाडाैं । न्याय परिषद्को सदस्यबाट समेत प्रतिशोध साँध्न प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले चालेको कदममा ब्रेक लागेको छ। न्याय परिषद्मा प्रधानन्यायाधीश,...
-
सर्वोच्च अदालतमा ‘गोलाप्रथा’ हटाउन खोजिएको भन्दै बारको शंका
काठमाडाैं । सर्वोच्च अदालतमा मुद्दा बाँडफाँट गर्ने वर्तमान ‘गोलाप्रथा’ प्रणाली हटाउने तयारीबारे सूचना पाएपछि नेपाल बार एसोसिएसनले शंका व्यक्त गरेको...












