नेदरल्याण्ड्समाथि सानदार जितसँगै नेपाललाई त्रिकोणात्मक शृंखलाको उपाधि
काठमाडौं । कीर्तिमानी जितसहित नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्समाथि १४२ रनको फराकिलो जित निकाल्दै उपाधि उचालेको हो ।
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले नेदरल्यान्ड्सविरुद्ध हालसम्मकै ठूलो अन्तरमा जित हासिल गरेको हो । यसअघि, नेपालले भुटानलाई १४१ रनले हराएको थियो । नेपालले दक्षिण एसियाली खेलकुद (साग)मा भुटानललाई १४१ रनले पराजित गरेको थियो ।
घरेलु मैदानमा ११ वर्षपछि नेपालले उपाधि जित्न सफल भएको हो । नेपालले यसअघि सन् २०१० मा आईसीसी डिभिजन–५ को उपाधि जितेको थियो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको २३९ रनको बलियो लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १७ ओभर २ बलमा अलआउट हुनुपूर्व ९६ रन मात्र बनाउन सक्यो ।
नेदरल्यान्ड्सले दोस्रो ओभरको पाँचौँ बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो । नेदरल्यन्ड्सका टोभियस भेसे २ रन बनाउँदै रन आउट भएका थिए । उनलाई कमलसिंह ऐरीको बलमा आसिफ शेखले डाइरेक्ट हितमार्फत रन आउट गरेका हुन् ।
नेदरल्यान्ड्सका वेन कोपर ७ रन बनाएर दोस्रो विकेटको रुपमा आउट भए । उनलाई चौथो ओभरको अन्तिम बलमा कमलसिंह ऐरीले क्याच आउट गराएका थिए । कमलको बलिङमा कप्तान ज्ञानेन्द्र मल्लले क्याच आउट गरेका थिए ।
नेदरल्यान्ड्सले बास डी लिडको रुपमा तेस्रो विकेट गुमाएको थियो । नेदरल्यान्ड्सका डी लिड १ रन बनाएर आउट भए । उनलाई सोमपाल कामीको बलमा कुशल भुर्तेलले रन आउट गरे ।
त्यसपछि नेदरल्यान्ड्सको लगातार विकेट पतन भयो । नेदरल्यान्ड्सले चौथो विकेटको रुपमा म्याक्स ओ’डोडलाई गुमाएको थियो । उनी २० रन बनाएर बोल्ड आउट भए । उनलाई करण केसीले छैटौं ओभरको चौथो बलमा आउट गरेका थिए ।
नेदरल्यान्ड्सले स्कोट एन्डरको रुपमा पाँचौँ विकेट गुमाएको थियो । स्कोट ५ रन बनाएर आउट भए । उनलाई सन्दीप लामिछानेले सातौँ ओभरको चौथो बलमा एलबीडब्लू आउट गरे ।
करण केसीले नेदरल्यान्ड्सको छैटौँ विकेट आठौँ ओभरको चौथो बलमा पतन गराए । करणले एन्टोनियो स्टोललाई क्याच आउट गराएका हुन् । करणको बलमा सोमपालले क्याच आउट गरे ।
नेदरल्यान्ड्सले १०औँ ओभरको दोस्रो बलमा सातौँ विकेट गुमायो । नेदरल्यान्ड्सका पिटर सेलर १३ रन बनाएर आउट भए । उनलाई करणले बोल्ड आउट गरे ।
सन्दीपले व्यक्तिगत दोस्रो विकेट लिँदा नेदरल्यान्ड्सले १२ ओभर ५ बलमा आठौँ विकेट गुमायो । नेदरल्यान्ड्सका फिलिप्पे बोइसोभिनलाई सन्दीपले क्याच आउट गराए । सन्दीपको बलमा सन्दीप जोराले क्याच आउट गरेका थिए ।
१४ ओभरको दोस्रो बलमा नेदरल्यान्ड्सले नवौँ विकेट गुमायो । नेदरल्यान्ड्सका पाउल भान मेकेरन ५ रन बनाएर आउट भए । उनलाई कमलसिंह ऐरीले क्याच आउट गराए । कमलको बलमा कुशलले क्याच आउट गरेका हुन् ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेले । कुशल भुर्तेलले ७७ रनको योगदान गरे । कुशल मल्लले ५० रन जोडे । दीपेन्द्रसिंह ऐरीले ४८ रन बनाए ।
नेपालले तेस्रो ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो । आसिफ शेख १६ रन बनाएर आउट भएका हुन् । नेपालले ९ ओभर ३ बलमा दोस्रो विकेट गुमाएको थियो । कप्तान ज्ञानेन्द्र ३३ रन बनाएर आउट भएका थिए । कुशल भुर्तेलको रुपमा नेपालले तेस्रो विकेट गुमाएको थियो ।
Comments
अरु समाचार
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...
-
आईपीएलः राजस्थानले लखनऊलाई सानदारले हरायो, सुर्यवंशीले बनाए ९३ रन
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनऊ सुपर जाइन्ट्समाथि ७...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...












