‘प्रधानमन्त्रीज्यू अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्’
काठमाडाैँ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अहंकार र अकर्मण्यताको धरहराबाट’ ओर्लन आग्रह गरेका छन् ।
कोरोनाको महामारी नियन्त्रणका लागि साथ दिन आफूहरू तयार रहेको भए पनि प्रधानमन्त्री ओली अहंकार र अकर्मण्यताको धरहरामा रहेको उनले बताए ।
शनिबार ट्विट् गर्दै थापाले कोरोनाको यो भयावह अवस्था सरकार एक्लैले सामना गर्न नसक्ने बताउँदै सबै पक्ष र आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नुपर्ने उल्लेख गरेका छन् ।
कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ,निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन।सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्नैपर्छ।तर @PM_Nepalज्यू यो लडाइमा’हामी सक्दैनौँ´भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने!आपत्तिजनक छ!(१/२)
— Gagan Thapa (@thapagk) May 1, 2021
तर, महामारीमा सरकारले हामी सक्दैनौँ भनेर हात उठाउने र प्रधानमन्त्रीको प्राथमिकतामा अझै पनि महामारी नपर्ने आपत्तीजनक अवस्था रहेको उनले बताए ।
‘कठिन भए पनि उपलब्ध स्रोत, साधन र जनशक्तिको सदुपयोग गरी क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ,’ थापाले लेखेका छन्, ‘त्यसका लागि उपाय जानेकाहरूको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ ।’
थापाले अगाडि लेखेका छन्, ‘हामी साथ दिन तयार छौँ, कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस ।’
कठिन छ,तर अझै हामीसंग उपलब्ध स्रोत,साधन,जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ।त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ। @PM_Nepal ज्यू,हामी साथ दिन तयार छौँ,कृपया अब त अहंकार र अकर्मण्यता को धरहराबाट ओर्लनुस।(२/२)
— Gagan Thapa (@thapagk) May 1, 2021
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












