कुशुम लामा नेशनल आइसीटी अवार्ड २०२१ द्वारा सम्मानित
वित्तीय संस्थालाई डिजिटलाइजेशन गर्नमा महत्वपूर्ण भूमिका खेल्ने प्रभु ग्रुपकी उपाध्यक्ष कुसुम लामालाई नेपाल सरकारद्वारा नेशनल आइसीटी अवार्ड २०२१ बाट पुरस्कृत
काठमाडाै । बैंक तथा वित्तीय संस्थालाई डिजिटलाइजेशन गर्नमा महत्वपूर्ण भूमिका निभाउने प्रभु ग्रुपकी उपाध्यक्ष कुसुम लामालाई नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एकलाख नगद रासी सहित नेशनल आइसीटी अवार्ड २०२१ बाट पुरस्कृत गरेको छ ।
लामाले नेपालको बैंक वित्त तथा सहकारी क्षेत्रलाई डिजिटलाइजेशन गर्नमा नेतृत्वदायि भूमिका निर्वाह गरेबापत उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाली बैंक वित्त तथा सहकारी एवं रेमिट्यान्स क्षेत्रले डिजिटल फड्को मार्नमा लामाको महत्वपूर्ण भूमिका मानिन्छ । नेपाल राष्ट्र बैंकबाट पहिलो लाइसेन्स प्राप्त पीएसपी कम्पनीका रुपमा रहेको प्रभु टेक्नोलोजी प्रालि मार्फत संचालीत प्रभु पे, राष्ट्र बैंकबाट पीएसओ लाइसेन्स प्राप्त कम्पनी एससीटी लामाकै नेतृत्वमा सुरु भएको थियो भने नेपाली इन्स्योरेन्स क्षेत्रमा पहिलो महिला अध्यक्ष (प्रभु इन्स्योरेन्स) रहेकी लामाले पहिलो पटक इन्स्योरेन्स क्षेत्रलाई पनि डिजिटलाइजेशन गर्नुभएको थियो ।
उहाँले ७ बर्ष अघि प्रभु मेनेजमेन्टद्धारा विकसीत सफ्टवेयर ग्रामिण क्षेत्रका सहकारीलाई निशुल्क वितरण गरी सहकारीलाई समेत डिजिटलाइजेशन गर्नुभएको थियो । हेल्लो पैसा, प्रभु टेक्नोलोजी प्रालि (प्रभु पे), प्रभु मनि ट्रान्सफर, एससीटी, लगायतका कम्पनी मार्फत बैंक वित्त क्षेत्र तथा सहकारी मार्फत ग्रामिण क्षेत्रलाई डिजिटलाइजेशन गर्नमा नेतृत्व गरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले लामाको प्रशंशा गर्नुभयो । लामा प्रभु मेनेजमेन्ट, प्रभु इन्स्योरेन्स एवं स्मार्ट च्वाइसकी अध्यक्ष हुनुहुन्छ ।
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












