एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै, माधव नेपाल पक्षलाई होला त कारबाही?
काठमाडाैँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बिहीबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो।
राष्ट्रियसभाको उप निर्वाचनको लागि आवश्यक निर्णय लिन बैठक बस्न लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए। ‘उपनिर्वाचन तयारीको लागि बैठक बस्न लागेको हो,’ बैठकका एजेण्डाबारे बुझ्न खोज्दा नेता नेम्बाङले भने।
तर, स्रोतले भने आजको बैठकले माधव नेपाल पक्षका सांसदलाई थप कारबाही गर्न सक्ने दाबी गरेको छ। राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाल पक्षले कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्ने निर्णय गरेको सन्दर्भमा एमाले अध्यक्षसमेत रहेका ओलीले आकस्मिक रुपमा बैठक बोलाएका हुन्।
कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जनता समाजवादी पार्टीले राष्ट्रियसभाको उपनिर्वाचनमा गठबन्धन गर्ने निर्णय बुधबार मात्र गरेका छन्। उनीहरुले एमालेको नेपाल खेमाका नेता डा.खिमलाल देवकोटालाई उम्मेदबार बनाउने निर्णय गरेका छन्। बाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त भएको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ।
एमाले ओली समूहले भने माओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ।
आजको बैठकमा वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले संसदमा लिन लागेको विश्वासको मतसहितका समसामयिक राजनीतिक विषयमा छलफल हुने स्रोतले जनाएको छ। ओलीले बोलाएको आजको बैठकमा पनि आफूहरु सहभागी नहुने नेपाल समूहका नेताहरुले बताएका छन्।
ओलीले वैशाख ६ गते एमालेका वरिष्ठ नेता माधव नेपालसहित २७ जना नेतालाई स्पष्टीकरण सोधेका थिए। त्यसअघि चैत १६ र १९ गते उनले नेपालसहित चार नेतालाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेका थिए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












