एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै, माधव नेपाल पक्षलाई होला त कारबाही?
काठमाडाैँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बिहीबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो।
राष्ट्रियसभाको उप निर्वाचनको लागि आवश्यक निर्णय लिन बैठक बस्न लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए। ‘उपनिर्वाचन तयारीको लागि बैठक बस्न लागेको हो,’ बैठकका एजेण्डाबारे बुझ्न खोज्दा नेता नेम्बाङले भने।
तर, स्रोतले भने आजको बैठकले माधव नेपाल पक्षका सांसदलाई थप कारबाही गर्न सक्ने दाबी गरेको छ। राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाल पक्षले कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्ने निर्णय गरेको सन्दर्भमा एमाले अध्यक्षसमेत रहेका ओलीले आकस्मिक रुपमा बैठक बोलाएका हुन्।
कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जनता समाजवादी पार्टीले राष्ट्रियसभाको उपनिर्वाचनमा गठबन्धन गर्ने निर्णय बुधबार मात्र गरेका छन्। उनीहरुले एमालेको नेपाल खेमाका नेता डा.खिमलाल देवकोटालाई उम्मेदबार बनाउने निर्णय गरेका छन्। बाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त भएको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ।
एमाले ओली समूहले भने माओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ।
आजको बैठकमा वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले संसदमा लिन लागेको विश्वासको मतसहितका समसामयिक राजनीतिक विषयमा छलफल हुने स्रोतले जनाएको छ। ओलीले बोलाएको आजको बैठकमा पनि आफूहरु सहभागी नहुने नेपाल समूहका नेताहरुले बताएका छन्।
ओलीले वैशाख ६ गते एमालेका वरिष्ठ नेता माधव नेपालसहित २७ जना नेतालाई स्पष्टीकरण सोधेका थिए। त्यसअघि चैत १६ र १९ गते उनले नेपालसहित चार नेतालाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेका थिए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












