संबैधानिक परिषदको बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्।
विभिन्न संवैधानिक निकायमा रिक्त पद हरुमा नियुक्तिका लागि बिहान ९ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको छ। संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ। तर यही वैशाख २१ गते प्रधानमन्त्रीले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन अध्यादेश–२०७८ जारी गरेर संवैधानिक परिषदमा कुनै तीन सदस्यले बैठक बसी निर्णय गर्न सक्ने व्यवस्था गराएका छन्।
विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषदसम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित कार्य भएको भन्दै बैठकमा भाग नलिने स्पष्ट पारेका छन्। यस्तै सभामुख अग्नि सापकोटाले पनि अवैधरुपमा संविधान संशोधन गर्ने प्रयास भएको भन्दै बैठकमा सहभागी नहुने बताइसकेका छन्।
प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा ओलीसहित राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागी हुने सम्भावना छ।
गत ३० मंसिरमा अध्यादेशका भरमा भएको नियुक्ति विरुद्धको मुद्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जबराकै संवैधानिक इजलासमा विचाराधीन भएको अवस्थामा उनी पनि बैठकमा सहभागी हुन नमिल्ने कानूनविद्हरुले बताउँदै आएका छन्।
प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चाल्दै संवैधानिक परिषदको बैठक बोलाएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत हिजो एक विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन्। प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आफ्नो कार्यकालमा तेस्रो पटक ल्याएका हुन्।
गत वर्षको वैशाख १२ गते पनि उहाँले ४ जना सदस्यमात्र भए बैठक बस्न सक्नेगरी अध्यादेश ल्याएका थिए।
चौतर्फी विरोध भएपछि फिर्ता लिएको अध्यादेश गत मंसिर ३० गते पुनः ल्याएर त्यही साँझ संवैधानिक निकायका विभिन्न पदमा नियुक्त गरेका थिए। यही अध्यादेश वैशाख २१ मा ल्याएर प्रधानमन्त्री ओलीले संवैधानिक परिषदको बैठक बोलाएका हुन्।
यसपटक उक्त अध्यादेशअनुसार ३ जना मात्रै सदस्यलाई गणपूरक मानिने गरी संविधान संशोधन गर्ने प्रयास गरिएको छ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












