`बजेट अध्यादेश´ रोकिने सम्भावना टर्यो
काठमाडौँ । अध्यादेशमार्फत आउन लागेको बजेट रोकिने सम्भावना टरेको छ । सर्वोच्च अदालतले बिहीबार अन्तरिम आदेश नदिएपछि ‘बजेट अध्यादेश’ रोकिने सम्भावना टरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आज प्रतिनिधि सभा विघटन सम्बन्धी सबै मुद्दालाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको छ । विघटनविरुद्ध परेका ३० मध्ये १९ रिटमाथि प्रधानन्यायाधीश राणाले आफ्नै इजलासमा राखेर सुनुवाइ थालेका थिए । तर, उनले अध्यादेशमार्फत् बजेट ल्याउने विषयमा कुनै अन्तरिम आदेश दिएनन् । प्रतिनिधि सभाका १४६ सांसदले ‘बजेट अध्यादेश’ रोक्न माग गरेका थिए । सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्दै विघटित सभाका सांसदले आर्थिक वर्ष २०७८/७९ को राजस्व तथा व्ययको अनुमान विवरण अध्यादेश मार्फत सार्वजनिक नगर्न सरकारलाई अन्तरिम आदेश दिन माग गरेका थिए ।
तर, प्रतिनिधि सभा सम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा सुनुवाइ गर्दे आदेश भएसँगै अध्यादेशमार्फत् आउन लागेको बजेट रोकिने सम्भावना टरेको छ ।किनकि प्रधानन्यायाधीश जबराको एकल इजलासले सांसदको मागको विषयमा प्रारम्भिक सुनुवाइकै क्रममा अन्तरिम आदेश दिएन ।
Comments
अरु समाचार
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...












