`बजेट अध्यादेश´ रोकिने सम्भावना टर्यो
काठमाडौँ । अध्यादेशमार्फत आउन लागेको बजेट रोकिने सम्भावना टरेको छ । सर्वोच्च अदालतले बिहीबार अन्तरिम आदेश नदिएपछि ‘बजेट अध्यादेश’ रोकिने सम्भावना टरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आज प्रतिनिधि सभा विघटन सम्बन्धी सबै मुद्दालाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको छ । विघटनविरुद्ध परेका ३० मध्ये १९ रिटमाथि प्रधानन्यायाधीश राणाले आफ्नै इजलासमा राखेर सुनुवाइ थालेका थिए । तर, उनले अध्यादेशमार्फत् बजेट ल्याउने विषयमा कुनै अन्तरिम आदेश दिएनन् । प्रतिनिधि सभाका १४६ सांसदले ‘बजेट अध्यादेश’ रोक्न माग गरेका थिए । सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्दै विघटित सभाका सांसदले आर्थिक वर्ष २०७८/७९ को राजस्व तथा व्ययको अनुमान विवरण अध्यादेश मार्फत सार्वजनिक नगर्न सरकारलाई अन्तरिम आदेश दिन माग गरेका थिए ।
तर, प्रतिनिधि सभा सम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा सुनुवाइ गर्दे आदेश भएसँगै अध्यादेशमार्फत् आउन लागेको बजेट रोकिने सम्भावना टरेको छ ।किनकि प्रधानन्यायाधीश जबराको एकल इजलासले सांसदको मागको विषयमा प्रारम्भिक सुनुवाइकै क्रममा अन्तरिम आदेश दिएन ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












