पुर्वमन्त्री रोकाको पहलमा जिल्ला अस्पताल रुकुम पूर्वलाई २० सिलिण्डर अक्सिजनसहित स्वास्थ्य सामाग्री हस्तान्त्रण
रुकुम पूर्व । नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा पुर्वमन्त्री कमला रोकाको पहलमा जिल्ला अस्पताल रुकुम पूर्वलाई अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ । पुर्वमन्त्री रोकाको पहलमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको ४० लिटर क्षमताका २० थान अक्सिजन सिलिण्डर, १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर, थर्मोमिटर १० थान, डिजिटल थर्मोमिटर १० थान, थर्मल गन १०, एन ९५ मास्क ५० थान, ५ सय थान सर्जिकल मास्क जिल्ला अस्पताल रुकुम पूर्वका निमित्त मेडिकल सुपरिटेन्डेन्ट गणेश चाैधरीलाई हस्तान्त्रण गरिएको हो ।
यस्तै, ३ कार्टुन स्यानिटाइजर र सर्जिकल मास्क ४० बट्टा प्राडा. बुलन्द थापाको सहयोगमा उपलब्ध गराइएको रोकाले जानकारी दिइन् ।
जिल्ला अस्पताल रुकुम पूर्वलाई हस्तान्त्रण गरिएका अक्सिजन सिलिण्डरमध्ये सिस्ने, पुथा उत्तरगंगा र भूमे गाउँपालिकालाई ५ वटाका दरले उपलब्ध गराइने रोकाले जनाइन् ।
स्वास्थ्य सामाग्री हस्तान्त्रण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजकुमार राई, सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, उपाध्यक्ष गोबर्द्धन बुढा, पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्ल, सुरक्षा निकायका अधिकारी उपस्थित रहेका थिए ।
जिल्ला अस्पताल रुकुम पूर्वलाई हस्तान्त्नरण गरिएका अक्सिजन सिलिण्डर काठमाडाैं मै रिफिल गरेर लगिएको छ । यो भन्दा अगाडी भने सिलिण्डर रिफिल गर्न पोखरा नेपालगञ्जबाट गर्दै आइरहेको जनाइएको छ ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












