गोकर्ण र योगेशले भने – ‘पार्टीको गौरव र आन्दोलन बचाउका लागि गरिएका संवाद गैरक्रान्तिकारी हुनैसक्दैन’
काठमाडाै ।नेकपा एमालेका नेता गोकर्ण विष्ट र योगेश भट्टराईले पार्टी एकताका लागि भइरहेका वार्ता र संवादलाई नकारात्मक रूपमा नलिन आग्रह गरेका छन् । शुक्रबार एमालेबाट निष्कासित पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय कमिटीमा बोल्दै एकताका लागि प्रयासरत यी दुई पार्टी एकता आत्मसमर्पण नहुने र त्यसका लागि भइरहेका पहल गैरक्रान्तिकारी नहुने बताएको केन्द्रीय कमिटी सदस्य सुरेन्द्र मानन्धरले बताए ।
नेता विष्टले वार्ताको प्रयासलाई कमजोरीका रूपमा नबुझ्न आग्रह गरेका छन् । पार्टीको गौरव र आन्दोलन बचाउने ध्येयका साथ गरिएको इमान्दार प्रयास गैरक्रान्तिकारी नहुने बताएका हुन् । ‘पार्टीको गौरव र आन्दोलनको बचाउका लागि परिणाम आउनेगरी गरिएका संवाद गैरक्रान्तिकारी हुनैसक्दैन,’ उनले भनेका थिए ।
यस्तै, नेता भट्टराईले एकताको प्रयासमार्फत पार्टी कब्जा गर्ने नीतिलाई आत्मसमर्पण भन्न नमिल्ने दाबी गरेका छन् । ‘केपी ओलीसँगको वार्ता प्रयास पार्टीको पुनर्गठनका लागि हो । यो हाम्रो सामूहिक संघर्षलाई निष्कर्षमा पुर्याउने लक्ष्य हो । एकता आत्मसमर्पण होइन । एकता ओलीको स्वेच्छाचारीता स्वीकार गर्न होइन, विधिबाट संगठन चलाउन पार्टी कब्जा गर्ने हो,’ उनले बैठकमा भनेका थिए ।
केन्द्रीय कमिटी सदस्यहरूले वार्ता र संवादका नाममा अल्झिएर नयाँ पार्टी घोषणामा अलमल गर्न नहुने भन्दै नेतृत्वलाई दबाब दिइरहेका बेला उनीहरूको यस्तो भनाइ आएको हो । बिहीबारबाट सुरु भएको बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएको छ । हाल स्थायी कमिटी सदस्यहरूले बोल्ने क्रम जारी छ । त्यसपछि नेता नेपालले समापन मन्तव्य राख्नेछन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












