गोकर्ण र योगेशले भने – ‘पार्टीको गौरव र आन्दोलन बचाउका लागि गरिएका संवाद गैरक्रान्तिकारी हुनैसक्दैन’
काठमाडाै ।नेकपा एमालेका नेता गोकर्ण विष्ट र योगेश भट्टराईले पार्टी एकताका लागि भइरहेका वार्ता र संवादलाई नकारात्मक रूपमा नलिन आग्रह गरेका छन् । शुक्रबार एमालेबाट निष्कासित पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय कमिटीमा बोल्दै एकताका लागि प्रयासरत यी दुई पार्टी एकता आत्मसमर्पण नहुने र त्यसका लागि भइरहेका पहल गैरक्रान्तिकारी नहुने बताएको केन्द्रीय कमिटी सदस्य सुरेन्द्र मानन्धरले बताए ।
नेता विष्टले वार्ताको प्रयासलाई कमजोरीका रूपमा नबुझ्न आग्रह गरेका छन् । पार्टीको गौरव र आन्दोलन बचाउने ध्येयका साथ गरिएको इमान्दार प्रयास गैरक्रान्तिकारी नहुने बताएका हुन् । ‘पार्टीको गौरव र आन्दोलनको बचाउका लागि परिणाम आउनेगरी गरिएका संवाद गैरक्रान्तिकारी हुनैसक्दैन,’ उनले भनेका थिए ।
यस्तै, नेता भट्टराईले एकताको प्रयासमार्फत पार्टी कब्जा गर्ने नीतिलाई आत्मसमर्पण भन्न नमिल्ने दाबी गरेका छन् । ‘केपी ओलीसँगको वार्ता प्रयास पार्टीको पुनर्गठनका लागि हो । यो हाम्रो सामूहिक संघर्षलाई निष्कर्षमा पुर्याउने लक्ष्य हो । एकता आत्मसमर्पण होइन । एकता ओलीको स्वेच्छाचारीता स्वीकार गर्न होइन, विधिबाट संगठन चलाउन पार्टी कब्जा गर्ने हो,’ उनले बैठकमा भनेका थिए ।
केन्द्रीय कमिटी सदस्यहरूले वार्ता र संवादका नाममा अल्झिएर नयाँ पार्टी घोषणामा अलमल गर्न नहुने भन्दै नेतृत्वलाई दबाब दिइरहेका बेला उनीहरूको यस्तो भनाइ आएको हो । बिहीबारबाट सुरु भएको बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएको छ । हाल स्थायी कमिटी सदस्यहरूले बोल्ने क्रम जारी छ । त्यसपछि नेता नेपालले समापन मन्तव्य राख्नेछन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












