विपद् तथा महामारीविरुद्ध रुकुम पूर्व एक्यबद्धता अभियानको पहलमा ६ अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामाग्री हस्तान्तरण
काठमाडाैं । बोधिसत्व बिहारले रुकुम पूर्वलाई ६ अक्सिजन कन्सन्ट्रेटेसहित विभिन्न स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेको छ ।
विपद् तथा महामारीविरुद्ध रुकुम पूर्व एक्यबद्धता अभियानका अभियान्ता कैलास मल्लको सक्रियतामा रुकुम पूर्वलाई कोभिड-१९ मनोसामाजिक मेची-महाकाली परामर्श अभियान अन्तर्गत बोधिसत्वले उक्त स्वास्थ्य सामाग्री सहयोग गरको हो ।
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गणेशमान पुनको सहयोग तथा आवश्यक समन्वयका कारण स्वास्थ्य सामाग्री रुकुम पूर्व पठाउन सहज भएको मल्लले जनाए ।
दाङको लहमीबाट बोधिसत्वले राप्ति अञ्चलका विभिन्न जिल्लालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।
‘रुकुम पूर्वमा कोरोना महामारीका कारण थुप्रैले ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न हाम्रो टिमले अवनवरत रुपमा विभिन्न दातृ निकाय तथा सहयोगीसँग स्वास्थ्य सामाग्रीको सहयोगको याचना गरेको थियो । फलतः बोधिसत्वले हामीलाई दशाैं लाखको स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ । दाङबाट उक्त सामाग्री रुकुम पूर्वका लागि पठाइसकिएको छ,’ अभियान्ता मल्लले भने ।
रुकुम पूर्व जिल्ला अस्पताल र कोल स्वास्थ्य केन्द्र स्वास्थ्य चाैकीलाई बोधिसत्वले पीपीई, अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको हो ।
लमहीबाट उक्त स्वास्थ्य सामाग्री बुझ्न पुगेका हेराम वली, स्वास्थ्य सामाग्री बुझ्न आवश्यक व्यवस्थापन गर्ने टिकाराम खड्कासहित अस्पतालका डाक्टरहरु अभियानमा सहयोग गर्ने सगरमाथा आरोही कल्पना महर्जन, शिक्षा सेवी समाज सेवी रबिन्द्र महर्जन, शिक्षा विद कर्ण शाही लगायतलाई अभियान्ता मल्लले धन्यवाद समेत व्यक्त गरेका छन् ।
यस्तै, विपद तथा महामारीविरुद्ध एक्यबद्धता अभियानमा निरन्तर सहयोग र हाैसला प्रदान गर्ने नेकपा माओवादीका नेता तथा पूर्वमन्त्री दलजीत श्रीपाली, नेकपा एमाले रुकुम पूर्वका इन्चार्ज टोपबहादुर ओली, समाजसेवी तथा नागरिक अगुवा मदन शाह, एसएलसी रि युनियन २०४८ की संयोजक माला बुढा लगायतलाई मल्लले धन्यवाद समेत दिएका छन् ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












